भर्खरै :

घाँटीको शल्यक्रिया गर्न मोरालेस क्युवामा

घाँटीको शल्यक्रिया गर्न बोलिभियाका राष्ट्रपति इभो मोरालेस क्युवाको राजधानी हवाना पुगेका छन् । मोरालेसको घाँटीमा भएको मासुको डल्लो निकाल्न उनको शल्यक्रिया गरिन लागेको हो । घाँटीमा मासुको डल्लो हुँदा उनलाई बोल्न गाह«ो हुने गरेको र शल्यक्रिया पश्चात उनले सजिलै बोल्न सक्ने विश्वास गरिएको छ । राष्ट्रपति कार्यालय हेर्ने मन्त्री रेने मार्टिनेजले शल्यक्रियाअघि मोरालेस ‘निकै उच्च मनोभाव’ मा रहेको जानकारी दिएका छन् ।
राष्ट्रपतिले बोलिभियाका कतिपय विषयहरुबारे प्रत्यक्ष सञ्चार गरिरहेको मन्त्री रेनेले जानकारी दिए । ‘बोलिभियाका समाचारमात्र होइनन्, अन्तर्राष्ट्रिय समाचारहरुका विषयमा पनि उनी अपडेट भइरहेका छन्’, उनले भने ।
आफ्नो स्वास्थ्यबारे दक्षिण अमेरिकी देशका नेताहरुले देखाएको चिन्ता र चासो निम्ति मोरालेसले धन्यवाद व्यक्त गरेका छन् ।
आफ्नो क्युवा भ्रमणबारे बोल्दै मोरालेसले ‘चिकित्सकले आफ्नो अवस्था त्यत्ति गम्भीर नभएको बताएको’ जानकारी दिएका छन् । स्वास्थ्य स्थितिमा सुधारको निम्ति शल्यक्रिया गरिन लागेको हो । घाँटीमा कुनै पीडा छैन, स्वर धोक्रोमात्र सुनिएको हो ।’ मोरालेसले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *