मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
– सिबी अधिकारी
काठमाडौँ, ६ असार । युरोपेली मुलुकसँग द्विपक्षीय हवाई सञ्जाल विस्तार गर्ने उद्देश्यका साथ नेपालले युरोपका विभिन्न गन्तव्यमा सिधा उडान भर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । युरोपेली मुलुक फिनल्याण्डसँग प्रारम्भिक हवाई सेवा सम्झौताको तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उङ्गुयन मन्त्रालयले जनाएको छ ।
फिनल्याण्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि चासो देखाएको छ । त्यहाँको राष्ट्रिय ध्वजावाहक तथा सबैभन्दा ठूलो वायुसेवा प्रदायक कम्पनी फिनिस एयरले नेपालमा सीधा हवाई उडान गर्ने इच्छा व्यक्त गरेको छ । काठमाडौँ– फिनल्याण्ड करीब साढे १० घण्टाको हवाई यात्रा तय गर्नुपर्ने हुन्छ ।
फिनल्याण्ड आफैले नेपालसँग हवाई सेवा सम्झौताको प्रस्ताव राखेको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार फिनल्याण्डका राजदूत स्वयंले फिनिस एयरका प्रतिनिधिलाई नेपाल बोलाएर व्यावसायिक उडानको प्रारम्भिक अध्ययन पनि गराइसकेको छ ।
फिनल्याण्ड, स्विडेन, डेनमार्कलगायतमा मुलुकबाट धेरै पर्यटकलाई नेपाल भित्र्याउन सहज हुने बताइन्छ । सकेसम्म आगामी जुलाई महिनाभित्र हवाई सम्झौता गर्ने मन्त्रालयको तयारी छ । उक्त प्रस्तावबमोजिम मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमलगायत निकायसँग राय सुझाव लिएर हवाई सेवा सम्झौताको प्रस्ताव मन्त्रिपरिषद्मा लगिनेछ ।
मन्त्रिपरिषद्को अनुमति पाएपछि सम्बन्धित मुलुकसँग सम्झौताका लागि औपचारिक प्रक्रिया अगाडि बढाइने मन्त्रालयको योजना छ । अहिले नेपाल र युरोपलाई जोड्ने एक मात्र टर्किस एयरलाइन्स रहेको छ । टर्की युरोप र एशियाको सिमानामा पर्ने भएकाले युरोपका धेरै पर्यटकलाई आकर्षण गर्न नसकेको सहसचिव आचार्य बताउनुहुन्छ ।
युरोपबाट नेपाल आउने पर्यटक तथा नेपालीले टर्की या खाडी मुलुकका विमानस्थलसम्म ‘ट्राञ्जिट फ्लाइट’ गरेर मात्र नेपाल आउनुपर्ने बाध्यता छ । फिनल्याण्डसँग हवाई सेवा सम्झौता भएपछि युरोपबाट ट्रान्जिटबिना नै नेपाल आउन सकिनेछ । फिनिस एयरले अहिले भारतको नयाँ दिल्लीसम्म सिधा उडान गर्छ । नेपालमा पर्यटक तथा युरोप जाने नेपाली विद्यार्थीलाई लक्षित गर्दै उक्त कम्पनी नेपाल आउन चाहिरहेको बताइएको छ ।
यस्तै सरकारले अहिले रुससँग पनि हवाई सम्झौताको तयारी गरिरहेको छ । रुसले नेपाल उडानका लागि चासो देखाएको छ । रुसमा यसअघि पनि सम्झौता भएर उडान भए पनि बीचमा रोकिएको थियो । यस्तै पर्यटकीय सम्भावना बोकेको इण्डोनेसियासँग पनि नेपालले हवाई सम्झौताको प्रयास थालेको छ । प्रारम्भिक छलफल गरिए पनि इण्डोनेसियाली पक्षले थप प्रतिक्रिया दिएको छैन ।
नेपालका लागि आकर्षक मानिएको अष्ट्रेलियासँग पनि हवाई सम्पर्क विस्तारका लागि पहल थालिएको सहसचिव चाचार्यले बताउनुभयो ।
नेपालले ३९ वटा मुलुकसँग हवाई सम्झौता गरेको भए पनि सबै मुलुकले उडान भर्दैैनन् । अहिले २६ वटा वायु सेवा प्रदायक कम्पनीले नेपालमा उडान भर्दै आएका छन् । सरकारले २०७५ मंसिर १४ गते पछिल्लो पटक कम्बोडियासँग हवाई सम्झौता गरेको थियो । नेपालसँग हवाई सम्झौता गरेको देशमध्ये कम्बोडिया ३९ औँ देश हो । सम्झौतामा कम्बोडिया र नेपालका वायु सेवा कम्पनीले हप्तामा १४–१४ पटक सिधा उडान भर्नसक्ने उल्लेख छ ।
Leave a Reply