मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, ६ असार । संस्कृतिविद् एवम् वाङमय शताब्दी पुरूष सत्यमोहन जोशीको शुक्रबार एक विशेष समारोहबीच अभिनन्दन गरियो ।
सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समिति भक्तपुरद्वारा आयोजित उक्त अभिनन्दन समारोहमा अभिनन्दित जोशीले यो सम्मान जोशीको होइन भाषा, कला र संस्कृतिको सम्मान हो भन्नुभयो ।
कला, संस्कृति र सम्पदा संरक्षणमा सबै नेताहरूको घैँटोमा घाम लाग्ने विश्वास व्यक्त गर्दै शताब्दी पुरूष जोशीले भन्नुभयो, “भाषा, साहित्य र संस्कृतिको उत्थानमा राजनीतिमा पनि जागरण चाहिन्छ, समृद्ध नेपाल ठूलठूलो भवन बनेर हुँदैन, संस्कृति संरक्षणविना समृद्ध नेपाल सम्भव छैन ।”
पुर्खाले सिर्जेको कला र सम्पदामा टेकेर, बुझेर संरक्षण अघि बढ्न आग्रह गर्दै उहाँले भक्तपुरलाई अध्ययन र अनुसन्धानको केन्द्र बनाउनुपर्ने खाँचो औँल्याउनुभयो ।
वरिष्ठ पत्रकार भैरव रिसालले संस्कृति सम्पदाको विद्वताका धरोहर जोशी नेपालभाषा, साहित्य र संस्कृतिमा नेपालकै प्रतीक हुन् भन्नुभयो ।
अभिनन्दन समारोह समिति भक्तपुरका संयोजक नरेन्द्रभक्त हाडाको सभापतित्वमा भएको सो कार्यक्रममा साहित्यकार तिलकप्रसाद कायष्ठ, त्रिरत्न शाक्य, महेन्द्रगोपाल कर्माचार्यलगायतले शताब्दी पुरूष जोशीको योगदानबारे चर्चा गर्नुभएको थियो ।
समारोहमा तेजेश्वरबाबु ग्वंग, रमापतिराज शर्मा, श्रीगोपाल प्रजापति, पूर्णबहादुर वैद्य र कैलाशभक्त प्रधानाङ्गले क्रमशः अभिनन्दन गर्नुभएको थियो ।
अभिनन्दन गर्नुअघि दत्तात्रयबाट ¥याली गरिएको थियो ।
Leave a Reply