रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
प्योङयाङ, २१ जून । “म मेरो देशको लागि उपयोगी व्यक्ति बन्न निकै मिहिनेत गर्नेछु र चीन–प्रजग कोरिया मित्रताको लागि योगदान गर्नेछु”, प्योङयाङको एउटा माध्यमिक विद्यालयअन्तर्गत ‘माओ त्सेतुङ कक्षा’ का एक जना विद्यार्थीले भने ।
प्रजग कोरियाको राजधानी प्योङयाङमा अवस्थित पूर्वप्योङयाङ नं १ माध्यमिक विद्यालयमा रहेको ‘माओ त्सेतुङ कक्षा’ चीन र प्रजग कोरियाबीचको मित्रताको प्रतीक बनेको छ । यो कक्षाको स्थापना सन् १९५९ मा भएको थियो । यो वर्ष माओ त्सेतुङ कक्षा स्थापना भएको ६० वर्ष पुगेको छ । आजभोलि माओ त्सेतुङ कक्षामा २४ जना विद्यार्थी पढ्छन् ।
माओ त्सेतुङ कक्षामा प्रमुख शिक्षिका होङ सिओन–ह्यु चीनका राष्ट्रपति सी चिनफिङको प्योङयाङ भ्रमणबाट निकै उत्साहित छिन् ।
बिहीबार प्रजग कोरिया पुग्नुभएका सी चिनफिङ शुक्रबार स्वदेश फर्किसक्नुभएको छ ।
“चीन प्रजग कोरियाको मैत्रीपूर्ण छिमेकी देश हो । दुवै देशका पहिलेका नेताहरूले जग बसालेको दुई देशबीचको सम्बन्ध र मित्रता अझ बलियो बनाउन सीको प्रजग कोरिया भ्रमणले अझ टेवा पु¥याउने छ”, शिक्षिकाले भनिन् ।
माओ त्सेतुङ कक्षाका विद्यार्थी म्याङ वी–चिनले आफू दक्ष बन्न अझ मिहिनेत गर्ने र दुई देशबीचको मित्रता तिखार्न योगदान गर्ने बताए ।
माओ त्सेतुङ कक्षाका विद्यार्थीहरू चिनियाँ भाषा र गीत सिक्छन् । विद्यार्थीहरूलाई चीनसँगको मित्रता अझ अघि बढाउन प्रजग कोरियाली नेता किम जङ उनले गर्नुभएको निर्णयबारे समाचार र लेखहरू पढ्न विद्यालयले उपलब्ध गराएको छ ।
पूर्वी प्योङयाङ नं १ माध्यमिक विद्यालय र चीनको पेइचिङ नं ५ माध्यमिक विद्यालयबीच भगिनी सम्बन्ध कायम छ । पेइचिङको सो विद्यालयमा सन् १९५० देखि किम इल सङ कक्षा सञ्चालनमा छ । दसकौंदेखि दुई देशबीच मैत्रीपूर्ण आदानप्रदान हुँदै आएको छ ।
यसरी विदेशी नेताको नाममा खोलिएको यस्तो कक्षा दुवै देशमा त्यही एउटैमात्र हुन् ।
पूर्वी प्योङयाङ नं १ माध्यमिक विद्यालयमा पेइचिङ नं ५ माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरूसहितको एउटा सामूहिक तस्वीर झुण्ड्याइएको छ । सन् २०१० मा किम इल सङ कक्षाको ६० औं स्थापना दिवसको अवसरमा प्योङयाङ पुगेको चिनियाँ प्रतिनिधिमण्डलसँग त्यो तस्वीर खिचिएको थियो ।
प्रजग कोरियास्थित चीनको राजदूतका पूर्वसांस्कृतिक काउन्सलर ली स्युहुईले दुवै कक्षाले किशोरकिशोरीबीच आपसी बुझाइ र मित्रतामा विकास नगर्ने बरु शिक्षामा सहकार्य गर्नसमेत मद्दत गरेको बताए ।
Leave a Reply