समाजका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गरी गाईजात्रा मनाउनुपर्ने
- भाद्र ६, २०८३
भक्तपुर, ८ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १ स्थित कुथुबही परिसरमा रहेको चैत्यमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले नेपाली वास्तुकलाको इतिहासमा चैत्यको महत्वपूर्ण देन भएको बताउँदै अन्धविश्वासको विरूद्धमा उभिएको बौद्ध धर्मलाई भौतिकवादी दर्शनको रूपमा व्याख्या गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
चैत्य र विहार लोप हुनु भनेको त्यसको इतिहास समाप्त हुनु हो भन्दै उहाँले छिमेकी देश भारतले गौतम बुद्धको जन्म भारतमा भएको झूटा प्रचार गरी संसारमा भ्रम फैलाइरहेको बताउनुभयो ।
नेपालमा भारतको सांस्कृतिक अतिक्रमणका कारण बुद्ध नेपालमा जन्मेको प्रचार गर्नुपरेको चर्चा गर्दैै उहाँले समतामूलक समाज निर्माण गर्न वरिपरिको वातावरण शुद्ध हुनु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखी सात वटा शैक्षिक संस्थाहरू खोलेर देशभरका जनताको सेवा गर्दै आएको बताउँदै प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालय स्थापना गरी समाजलाई बुद्धिजीवीकरण गर्ने र भक्तपुरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न अग्रसर भइरहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडामा भइरहेको विकास निर्माणबारे जानकारी दिँदै भनपाका अमूल्य सम्पदाको महत्वबारे नयाँ पुस्तालाई पनि बताउँदै लानुपर्नेमा जोड दिनुभयो ।
कुथुबही विकास समितिका अध्यक्ष सिद्धिरत्न शाक्यले भक्तपुर नगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रमको महत्वबारे प्रस्ट पार्नुभयो । अहिलेको शिक्षा प्रणालीले राष्ट्रिय र अन्तर्राष्ट्रिय ज्ञानमात्र दिइरहेको बताउँदै उहाँले स्थानीय संस्कृति, सम्पदा, भाषा, लिपि र प्राचीन उपचार विधिलगायतबारे नयाँ पुस्ताका विद्यार्थीलाई शिक्षित बनाउन स्थानीय पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा बौद्ध सम्पदा सङ्घका अध्यक्ष त्रिरत्न शाक्य, चैत्य सम्पदा संरक्षण समितिका उपाध्यक्ष रत्नबाबु बज्राचार्य, मैत्रेय युवा सङ्घका पूर्वअध्यक्ष तीर्थराज बज्राचार्य, बौद्ध सम्पदा सङ्घका निवर्तमान अध्यक्ष पद्मसुन्दर शाक्य, सप्तचन्द्र बज्राचार्य, भन्ते धम्मशोभन महास्थवीर र धर्मचन्द्र शाक्यले पनि बोल्नुभएको थियो ।
Leave a Reply