भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने
- बैशाख ३, २०८३
भक्तपुर, ८ असार । भीम आदर्श आधारभूत विद्यालयमा छात्रा तथा दलित छात्रवृति वितरण तथा अभिभावक भेला आइतबार भयो ।
भेलामा भक्तपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष महेन्द्र खायमलीले भविष्यलाई उज्ज्वल बनाउन विद्यार्थीहरू मिहेनेती हुनुपर्नेमा जोड दिनुभयो । उहाँले छात्रवृत्तिलाई विद्यार्थीको पढाइ उकास्नका लागि प्रयोग गर्नुपर्ने उल्लेख गर्दै विद्यालय राम्रो गर्नका लािग विद्यार्थीहरू पनि सचेत र जागरुक बन्नुपर्ने बताउनुभयो ।
वडा सदस्य शिवप्रसाद बालाले आफ्नो बालबालिकालाई शिक्षित बनाउन अभिभावकहरू निरन्तररूपमा लाग्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक दीपक माकले विद्यालयको प्रगति विवरण पेश गर्दै विद्यालय विकासका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकहरूको सहकार्यमा जोड दिनुभयो ।
आर्थिक वर्ष २०७५÷७६ मा विद्यालयलाई उपलब्ध गराइएको छात्रा तथा दलित छात्रवृत्ति प्रदान गरिएको सो कार्यक्रममा शिक्षकहरू पूजा दाहाल, प्रतापकाजी बरिया, रजनी कर्माचार्य र गीता तुईतुईले पनि बोल्नुभएको थियो ।
Leave a Reply