भर्खरै :

इरानसित वार्ता गर्न चाहन्छौँ–संरा अमेरिका

कुवेत सिटी, २४ जून । इरानका लागि संरा अमेरिकी विशेष प्रतिनिधि ब्राएन हुकले आइतबार खाडी क्षेत्रमा तनावको अवस्था अन्त्य गर्न संसारले इरानलाई आग्रह गर्नुपर्ने बताउनुभएको छ ।
कुवेत सिटीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै हुकले भन्नुभयो, “हामी सबै देशका कूटनीतिक निकायलाई तनाव कम गर्न इरानलाई आग्रह गर्न अनुरोध गर्छौं ।”
इरानसँग संरा अमेरिकाले सशस्त्र द्वन्द्व नचाहेको चर्चा गर्दै खाडी क्षेत्रमा संरा अमेरिकाले कुनै प्रकारको तनाव बढेको नचाहेको बताउनुभयो ।
“हामी इरानविरुद्ध सैनिक द्वन्द्व बढाउन चाहँदैनौं । हामीले सो क्षेत्रमा ‘विशुद्ध प्रतिरक्षात्मक प्रयोजन’ का लागि सो क्षेत्रमा हाम्रो सेनाको अवस्था बलियो बनाइरहेका छौँ”, उहाँले भन्नुभयो ।
“हामी इरानलाई वार्ताको टेबलमा फेरि फर्काउन चाहन्छौँ । इरानको खतरनाक कामबाट चुनौती कम गर्न अन्तर्राष्ट्रिय सहकार्यको खाँचो छ”, हुकले भन्नुभयो ।
उहाँले खाडी क्षेत्रमा स्थायित्व काम गर्न कुवेतले खेलिरहेको भूमिकाको प्रशंसा गर्नुभयो ।
“जून महिनामा सुरक्षा परिषद्को अध्यक्षता कुवेतले गर्दैछ । हामी द्वन्द्व कम गर्न वार्तामा बस्नेछौँ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *