भर्खरै :

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भवन अभाव

काठमाडौँ, १२ असार । इन्जिनियरिङ पढ्ने विद्यार्थीको केन्द्रका रूपमा रहेको पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई अहिले भवनको अभाव भएको छ ।
क्याम्पसको आय ज्यादै कम र नेपाल सरकारबाट पनि कममात्र बजेट विनियोजन हुँदा भवन निर्माण गर्न नसकिएको क्याम्पस प्रशासनले जनाएको छ । भवन अभावका कारण उक्त क्याम्पसलाई नयाँ सङ्काय खोल्न वा सीट सङ्ख्या थप्न समस्या भएको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवाले बताउनुभयो । समयको मागअनुसार विषय र सङ्काय थप्नुपर्ने भए पनि भवन अभावले गर्दा थप्न नसकिएको उहाँको भनाइ थियो ।
यहाँ सीट बढाउन नसक्दा त्यसको मार विद्यार्थी र अभिभावकलाई परेको छ । सहायक क्याम्पस प्रमुख दुवाले भन्नुभयो, “विद्यार्थीहरू चर्काे शुल्क तिरेर निजीमा जान बाध्य छन् ।” भवन अभावकै कारण भूकम्पले क्षति पुगेका पुरानो भवनलाई मर्मतमात्रै गरेर बस्नुपरेको जानकारी दिँदै उहाँले राणाकालीन यो भवन विसं २०७२ को भू्कम्पले क्षति पु¥याएकोले प्रशासनिक कार्यालयहरू रहेको भवनको भित्री भागमा मर्मत गरेर सञ्चालनमा ल्याइएको छ भन्नुभयो ।
यो क्याम्पसमा ६ वटा सङ्काय रहेकामा स्नातक तहमा रासायनिक इन्जिनियरिङ र स्नातकोत्तरमा रेलवे इन्जिनियरिङ विषय थप गर्ने क्याम्पसको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *