भर्खरै :

चन्द्रागिरीमा अन्तरक्रिया

काठमाडौँ, १२ असार । नेपाल मजदुर किसान पार्टी चन्द्रागिरी नगर समितिको आयोजनामा बलम्बुमा ‘भेनेजुयला ः हिजो र आज’ र गुठी विधेयकबारे बुधबार अन्तरक्रिया भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले हरेक कुराको गहिरो अध्ययन गरेरमात्र प्रतिक्रिया दिनुपर्ने बताउनुभयो ।
गुठी विधेयकबारे सामाजिक सञ्जालमा आएका कुराले विपक्षीहरूको बौद्धिक दरिद्रता प्रस्टिएको चर्चा गर्दै उहाँले भन्नुभयो, “नेमकिपाले हरेक विषयमा सूक्ष्म अध्ययन गरी बहुसङ्ख्यक कामदार जनताको हितमा कार्य गरिरहेको छ । नेमकिपामाथि हिलोछ्याप्ने षड्यन्त्रमा लाग्नु आकाशमा थुक्नु बराबर हुने छ ।”
केन्द्रीय सदस्य महर्जनले गुठी विधेयक गहिरो अध्ययन नगरी कागले कान लग्यो भनेर कागको पछि दगुर्नुभन्दा पहिले आप्mनै कान छाम्नुपर्ने विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले गुठी विधेयकको सवालमा विभिन्न व्यक्तिहरूसँग सैद्धान्तिक छलफल गरेको स्मरण गर्नुभयो । विधेयक गुठी जग्गा कमाइआएका किसानको पक्षमा रहेको बताउँदै उहाँले गुठी जग्गाको संरक्षण गर्न र संस्कृति म्हास्न नदिन प्राधिकरणको आवश्यकता नभई गुठीसम्बन्धी सबै अधिकार स्थानीय सरकारलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेमकिपाका नारायणबहादुर दुवाल, नेमकिपा चन्द्रागिरी नगर समितिका अध्यक्ष गुणदास महर्जन, पुरूषोत्तम महर्जन, शान्त महर्जन, सुमन महर्जन, नरबहादुर महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *