राउल क्यास्ट्रोविरुद्धको अभियोग : युद्धका लागि बहाना
- जेष्ठ १५, २०८३
नेपाल मजदुर किसान पार्टीको २६ औं केन्द्रीय परिषद् शनिबारबाट सुरु भयो । आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन, व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव र गएको चैत ९ गते संसदबाट पारित भएको थ्रेसहोल्ड आदि राजनीतिक पृष्ठभूमिमा हुन लागेको पार्टी परिषद् निश्चय नै महत्वपूर्ण हुनेछ । भारतीय विस्तारवादले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप बढाउँदै लगिरहेको, अर्को छिमेकी देश चीन एक क्षेत्र एक बाटो जस्तो विश्वव्यापी समृद्धिको लागि दिलोज्यानले लागिरहेको, भारतमा हिन्दु कट्टरपन्थी फासीवादी शासनले फणा फैलाउँदै गएको, संरा अमेरिकी साम्राज्यवादमा अझ अनुदार र घोरपूँजीवादी विचारको नेतृत्व मूलधारमा स्थापित हुँदै गइरहेको र युरोपमा फैलिएको आर्थिक सङ्कटका कारण त्यो महादेश क्रमशः कमजोर र विभाजित हुँदै गएको अन्तर्राष्ट्रिय पृष्ठभूमिमा नेमकिपाको परिषद्ले महत्वपूर्ण कार्यक्रम तर्जुमा हुने अपेक्षा गर्न सकिन्छ ।
नेमकिपाले स्थानीय चुनावको लागि लामो समयदेखि गरेको सङ्घर्षको परिणामस्वरुप आज देशमा स्थानीय तहको चुनाव तय भएको छ । जनतालाई लोकतन्त्र अनुभूत गराउने स्थानीय तहको निर्वाचन गर्नुपर्ने मुद्दा प्रतिगमनविरोधी आन्दोलन सकिए लगत्तै नेमकिपाले उठाएको थियो । तर शासक दलहरू यो विषयको गम्भीरताबारे सचेत बन्न सकेनन् । फलतः आज देशमा लोकतान्त्रिक गणतन्त्र आएको दसक बितिसके पछि पनि जनताले लोकतान्त्रिक परिपाटी प्रयोग गर्न पाएका छैनन् । अब हुने स्थानीय तहको निर्वाचनमार्फत जनताले यो अवसर पाउनेछन् । नेमकिपाले बहुमत पाएको स्थानीय निकायमा गरेका उदाहरणीय काम साँच्चै देशकै लागि एउटा उदाहरण बनेको छ ।
सदनबाट हालै पारित भएको थ्रेसहोल्डको बन्दोबस्तले कानुनी तथा गैरकानुनी सङ्घर्ष गरेर देश र कामदार वर्गको सेवा गर्ने नेमकिपालाई निश्चय नै आफ्नो अगाडिको बाटोमा रोक्न सक्दैन । केही पूँजीवादी सञ्चारमाध्यमहरूले थ्रेसहोल्ड देखाएर नेमकिपाका समर्थकहरूलाई अत्याउने प्रयास गरिरहेका छन् । पार्टी परिषद्ले त्यस्ता मिथ्या भ्रम चिरेर जनतामा उत्साह सञ्चार गर्ने र भारतीय विस्तारवादविरुद्ध लड्ने भावनालाई अझ बलियो बनाउने कुरा अपेक्षित छ ।
बद्लिंदो अन्तर्राष्ट्रिय परिस्थितिमा साम्राज्यवाद, पूँजीवाद र विस्तारवादविरुद्ध लडिरहेको नेमकिपाको निर्णय महत्वपूर्ण हुने गर्दछ । भारतमा बढ्दो हिन्दुकट्टरपन्थी सरकार र त्यहाँका अल्पसङ्ख्यक र प्रगतिशील जनतामाथिको दमनको विषयमा परिषद्ले नेपालका अरु कम्युनिष्ट पार्टीहरू समेतका लागि दिशासूचक निर्णय हुने आशा गरिएको छ ।
साम्राज्यवाद आज आफै अन्तर्विरोधमा फसेको छ । संरा अमेरिकामा ट्रम्प राष्ट्रपति निर्वाचित भएको ६ महिना पनि नबित्दै आज उनीविरुद्ध व्यापक असन्तोष बढिरहेको छ । युरोपेली सङ्घबाट बेलायतको बहिर्गमनसँगै पूँजीवादी विश्व सङ्कटमा फसेको छ । तर अर्कोतिर संसारमा पूँजीवादी व्यवस्थाप्रति जनताको अनास्था व्यापक बनेको छ । अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनबारे सधैं सचेत मत राख्ने गरेको नेमकिपाको परिषद्ले निश्चय नै आजको अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा गर्ने विश्वास गर्न सकिन्छ ।
दुई दिन चल्ने पार्टी परिषद् पूर्ण सफलताको कामना छ ।
Leave a Reply