भर्खरै :

म्यादी प्रहरीमा किन यति लामो लाइन ?

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरी बन्न भेला भएका युवाहरुको ठूलो सङ्ख्याले देशमा युवा बेरोजगारीको तीतो वास्तविकता सतहमा आएको छ । केही महिनाको जागिरको लागि तछाडमछाड गरिरहेका युवाहरुको अनुहारमा देख्नेले देशको भयावह भविष्य पोतिएको देखेको हुनुपर्दछ । दैनिक हजारौंको सङ्ख्यामा युवाहरु विदेशिएर पनि नेपालमा युवा बेरोजगारीको यो भयानक अवस्थाले एउटा स्वँभाविक प्रश्न जन्माएको छ–सरकारले युवाहरुलाई रोजगार बनाउन के गरेको छ ?
युवा रोजगारी आत्मनिर्भरताको आधार हो । युवाहरु रोजगार भएपश्चात देश समृद्धितिर लम्किने गर्दछ । देशमा भएका प्राकृतिक स्रात साधनको उपयोग युवाहरुका पाखुराले उत्पादनशीलतामा परिणत हुने गर्दछ । तर नेपालका काम गर्न सक्ने युवाहरु कि त विदेशमा छन् अथवा देशभित्र रहेका युवाहरु अधिकांश बेरोजगार छन् । सरकारले देशको समृद्धिका आधार युवाहरुलाई उत्पादनस“ग जोड्न के गरेको छ ?
योजनाबद्ध विकासले मात्र कुनै पनि देशले छोटो समयमा विकास र समृद्धिको चुचुरो चुम्ने गरेको छ । योजनाबद्ध विकास समाजवादी कार्यक्रम भए पनि पू“जीवादी देशहरुले पनि यो बाटो अंगालेका छन् । योजनाबद्ध विकासका धेरै पक्षहरुमध्ये एउटा पक्ष युवा रोजगारी हो । कसरी युवाहरुलाई सक्षम बनाउने र सक्षम भएपश्चात कसरी रोजगारी बनाउने भन्ने कुरा सरकारको क्षेत्राधिकारभित्रको काम मानिन्छ । नेपालमा सरकारले त्यस्तो कुनै योजना बनाएको छैन । अनि के शासकहरुका भाषणले मात्र देश विकास हुने हो र ? जुनसुकै पार्टीको सरकार होस्, नेपालका युवाहरुलाई रोजगार बनाउन सरकारले के योजना बनायो र तिनका परिणाम के आए ?

युवा रोजगारी आत्मनिर्भरताको आधार हो । युवाहरु रोजगार भएपश्चात देश समृद्धितिर लम्किने गर्दछ । देशमा भएका प्राकृतिक स्रात साधनको उपयोग युवाहरुका पाखुराले उत्पादनशीलतामा परिणत हुने गर्दछ । तर नेपालका काम गर्न सक्ने युवाहरु कि त विदेशमा छन् अथवा देशभित्र रहेका युवाहरु अधिकांश बेरोजगार छन् । सरकारले देशको समृद्धिका आधार युवाहरुलाई उत्पादनस“ग जोड्न के गरेको छ ?

युवा रोजगारीको नाममा केही विदेशी संस्थाहरुले दिएका पैसा आफ्ना कार्यकर्ताहरुलाई बा“डचु“ड गर्ने बाहेक सरकारले केही गरेको छैन । नत्र केही महिनाको लागि जागिर खान लाखौं युवाहरु तछाडमछाड गर्ने अवस्था आउने थिएन । वनमा झार उम्रेजस्तो सरकारी योजनाका कारण आज देशको कुनै पनि क्षेत्रमा उत्साहजनक होइन, सन्तोषजनक प्रगति पनि हुन सकेको छैन । सरकारस“ग कुनै योजना नभएको अवस्थामा विकासको परिकल्पना फगत मनको लड्डुमात्र हो । अनि शासक दलका विकासका नारा चुनावमा जनतालाई आ“खामा धुलो फ्याक्ने चालबाजी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *