भर्खरै :

६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रभातफेरी

भक्तपुर, २० चैत्र । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नाराका साथ ६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आज प्रभातफेरी कार्यक्रमको – २०७३ आयोजना गरेको छ । भक्तपुरका डिभिजन सहकारी कार्यालय, जिल्ला सहकारी संघ, जिल्ला कृषि सहकारी संघ, जिल्ला दुग्ध उत्पादक सहकारी संघ र जिल्ला बहुउद्देश्यीय सहकारी संघसंगको समन्वयमा सो प्रभातफेरी गरिएको हो । कमलविनायकबाट सुरुभएको ¥यालीमा जिल्लामा क्रियाशील विभिन्न सहकारी संस्थाहरुले सहभागीता जनाएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *