भर्खरै :

टोखामा अन्तरक्रिया

काठमाडौँ, १४ असार । नेमकिपा टोखा नगर समितिकिो आयोजनामा टोखामा गुठी विधेयकबारे अन्तरक्रिया र ‘भेनेजुयला ः हिजो र आज’ पुस्तकबारे प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले गुठी विधेयक फिर्ता लिनु दुईतिहाई प्राप्त सरकारको कायरता र अकर्मण्यता हो भन्नुभयो ।
विधेयक फिर्ताबाट गुठी जग्गा कमाएका किसान गुठियारहरुको मोहीयानी हक प्र्राप्त गर्ने र रैतानी गर्न पाउने अधिकारबाट बञ्चित गरेको चर्चा गर्दै उहाँले कुनै पनि राजनैतिक दलले विधेयकबारे मुख नखोलेको अवस्थामा नेमकिपाले अप्ठ्यारो बुँदालाई संशोधन गरी राम्रा बुँदालाई पारित गर्नुपर्ने मत राखेको बताउनुभयो ।
नेमकिपाको धारणाले सामन्ती प्रवृत्तिमा चोट पुगको उहाँले उल्लेख गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले गुठी विधेयकको राम्रो र नराम्रो पक्षको छलफल, बहस र अध्ययन नगरी कागले कान लग्यो भनेर दौड्ने प्रवृत्तिबाट सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भेनेजुयलामा संयुक्त राज्य अमेरिकाको षड्यन्त्रमा समाजवादी पार्टीका राष्ट्रपति माडुरोलाई अपदष्ठ गर्नै प्रयासको विरोध गर्नुभयो ।
कार्यक्रममा कानुन अध्ययन समाजका सदस्य एवम् अधिवक्ता अनिता जधारीले गुठी विधेयकको बुँदागत व्याख्या गरी प्रस्ट पार्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले संस्कृति, सम्पदा संरक्षणमा नेमकिपाले महत्वपूर्ण भूमिका खेलिरहेको चर्चा गर्नुभयो ।
प्राध्यापक समाजका सदस्य एवम् ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले संस्कृति र सम्पदा संरक्षणमा अन्तर्राष्ट्रिय घटनाबारे जानकारी दिनुभयो ।
उहाँले तिब्बती भूदासहरुबारे जानकारी दिनुभएको थियो ।
नेमकिपा टोखा नगर समितिका अध्यक्ष कृष्णमान श्रेष्ठ, सचिव शैलेष डंगोल, कछिनारायण डंगोल, शोभलाल श्रेष्ठ, राजु श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *