भर्खरै :

‘युनिभर्सिटी’बारे अध्ययन गोष्ठी

भक्तपुर, १४ असार । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काठमाडौँ–कैलाली सम्पर्क समितिको आयोजनामा शनिबार ‘युनिभर्सिटी पूर्णाङ्क ३३’ बुलेटिनबारे अध्ययन गोष्ठी भयो ।
गोष्ठीमा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले पार्टी प्रकाशनको अध्ययनलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै अध्ययनले सङ्गठन विस्तारमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
सिद्धान्त र दर्शनमा गहन अध्ययन भएका र विचारमा दृढ भएका कार्यकर्ताहरू पार्टीलाई आवश्यक हुने उल्लेख गर्दै उहाँले अध्ययन सतही ज्ञानको लागि होइन दक्षता हासिल गर्ने उद्देश्यले गर्नुपर्नेमा जोड दिनुभयो ।
गुठी विधेयक मोहीको पक्षमा रहेको चर्चा गर्दे उहाँले जात्रा सञ्चालन र मठको जिम्मा स्थानीय निकायलाई दिनुपर्छ भन्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय सदस्य दिनेश खड्गीले शिक्षा क्षेत्रमा भइरहेको भ्रष्टाचारविरूद्ध विद्यार्थीहरूले सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ईश्वर शाही र आयुष शाहीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *