‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
– श्रीराम कासिछ्वा
आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ यस वर्ष धान दिवसको मूल नारा रहेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ मंसिर २९ गते भएको मन्त्रिस्तरीय निर्णयअनुसार असार १५ लाई धान दिवसको रूपमा मनाउन थालिएको आज १५ वर्ष भइसक्यो । कृषिमा परनिर्भरता बढ्दै गएका कारण धानमा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको भए पनि सरकारी नीति तथा अदूरदर्शिताका कारण दिनप्रतिदिन हामी नेपाली परनिर्भर भइरहेका छौँ । नेपालजस्तो कृषिप्रधान देशमा यस्तो परिस्थिति आउनु पक्कै पनि विडम्बनाको कुरा हो । मानो रोपेर मुरी फलाउने यस दिवसको छुट्टै महत्व रहेको छ । यस दिन एकचोटि भए पनि हिलो टेक्नुपर्छ भन्ने मान्यता छ । असारे गीतको भाकामा रोपाहार र बाउसेहरू हिलो छ्यापछ्याप गरी मनाउँछन् । यसै दिनलाई नेपाली समाजमा दही चिउरा खाने दिन भनेर पनि चिनिन्छ ।
नेपाल कृषिप्रधान देश हो । यहाँको अर्थतन्त्र कृषिमा नै आधारित छ । कुल राष्ट्रिय उत्पादनमा यसले एकतिहाइ भाग ओगटेको छ । नेपालको कृषि मनसुनमा आधारित छ । विशेष गरेर जून १० अर्थात् जेठको अन्तिम साताबाट नेपालमा मनसुन सुरु हुन्छ र यो समयमा किसानहरू धान रोप्न व्यस्त देखिन्छन् । खेती गरिने कुल क्षेत्रफलको ४८.३ प्रतिशत जमिनमा धान खेती गरिँदै आएको छ ।
कृषियोग्य भूमि विस्तारै कङ्क्रिट जङ्गलमा परिणत हुन थालेको छ । अव्यवस्थित सहरीकरण तथा अव्यवस्थित भौतिक संरचनाको निर्माणले गर्दा कृषियोग्य भूमि नासिंदै गइरहेको छ । विगत केही वर्षदेखि जमिनको खण्डीकरण तिव्रगतिमा बढिरहेको छ । खण्डित भूमिमा आधुनिक यन्त्र तथा उपकरण प्रयोग गर्न नसकिने हुँदा उत्पादनमा कमी हुन्छ । अवैज्ञानिक तरिकाले खेतीपाती गर्ने परम्परा र जीवन निर्वाहमुखी पद्धतिले कृषिमा सोचेअनुसार प्रगति हुन सकेको छैन । कृषिमा सिंचाइको अभाव पनि एक कारक तत्व हो जसले प्रत्यक्षरूपमा उत्पादनमा कमी ल्याउँछ । कुल धानखेतीको २१ प्रतिशत भू–भागमा मात्र सिंचाइको व्यवस्था छ । बाँकी भाग मनसुनमा नै निर्भर रहेको छ । फलस्वरुप धानमा उत्पादन कमी भइरहेको छ । नेपालको कतिपय खेत अभैm बाँझो छन् । ग्रामीण भेगमा अधिकांश युवाहरू विदेश पलायन हुनु यसको कारण हो । यसले कृषि अर्थतन्त्रमा नकारात्मक असर परेको देखिन्छ । उन्नत जातका बीउबिजन तथा रासायनिक मलको कमीले गर्दा पनि कृषिमा सन्तोषजनक अवस्था देखिंदैन । बाली विविधीकरणको ज्ञानको अभावले उत्पादन घटिरहेकोमा नकार्न सकिन्न ।
हुन त कृषि उत्पादकत्व बढाउन विभिन्न प्रयासहरू भइरहेका छन् । २०१३ देखि योजनाबद्धरूपमा आर्थिक विकासका प्रयासहरू हुँदै आइरहेका छन् । हरेक योजनामा कृषिलाई प्राथमिकता दिए पनि प्रभावकारी बन्न सकेको अवस्था छैन । यसै आ.व. २०७५÷०७६ को बजेटमा आगामी ५ वर्षमा कृषिमा परनिर्भरता हटाउन उत्पादकत्व दोब्बर वृद्धि गर्ने भनिएको छ । तर, यसको लागि सरकारले विभिन्न कदमहरू चाल्नुपर्ने देखिन्छ । यसको लागि किसानलाई समय – समयमा कृषि तालिम दिनुपर्छ । कृषिका लागि आवश्यक पर्ने यन्त्र तथा उपकरणमा सहुलियत प्रदान गर्नुपर्छ । कृषिमा अनुदानको व्यवस्था गर्नुपर्छ । कृषिमा आवश्यक मलखाद्को व्यवस्था समयमै पु¥याउनुपर्छ । कृषकको लागि सहुलियत दरमा कृषि ऋण दिनुपर्छ । बढ्दै गइरहेको भूमिमाथिको प्रयोग र जमिन खण्डीकरण कार्य तत्काल रोक्नुपर्छ । जमिनको न्यूनतम क्षेत्रफल निर्धारण गरेर कृषिमा आमूल परिवर्तन गर्नुपर्ने हुन्छ । अनि मात्र देशको उत्पादकत्वमा वृद्धि सम्भव छ ।
Leave a Reply