भर्खरै :

दैलेखमा अन्तरक्रिया

दैलेख, १५ असार । नेपाल मजदुर किसान पार्टी ठाँटीकाँध गाउँपालिकाको आयोजनामा ‘भेनेजुयलाः हिजो र आज’ पुस्तकबारे आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी जिल्ला समति दैलेखका वैकल्पिक सदस्य खडकबहादुर कठायतले स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न देश भेनेजुयलामा उपद्रव मच्चाएर आफ्नो स्वार्थपूर्ति गर्ने संरा अमेरिकी साम्राज्यवादविरुद्ध संसारभर विरोध भइरहेको बताउनुभयो । उहाँले नेपाल र नेपाली जनताले हरेक न्यायपूर्ण आन्दोलनको समर्थन गर्नुपर्ने चर्चा गर्दै नेपालमा शासक दलले जनतालाई दिएको दुःख दिन दुगना रात चौगुना बढिरहेको बताउनुभयो । कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका सदस्य डम्मर थापा, शिक्षक जनक कठायत, पशुराम रिजाल, गगन विक, लछु कठायत, भद्रबहादुर शाही, दलबहादुर कठायत, प्रतिका सिजापतिलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *