भर्खरै :

औद्योगिक क्षेत्र डुबानको खतरामा

लहान, १५ असार । पानीको बहाव नै थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा सहिदस्तम्भ निर्माण गर्न थालिएपछि सप्तरीको एकमात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानको जोखिममा परेको छ ।
औद्योगिक क्षेत्र स्थापनाकालदेखि पानी बहावका लागि बनाइएको नाला र पोखरीलाई थुन्दै स्थायी संरचना निर्माण गर्न थालेपछि सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र वर्षायाममा डुबानमा पर्ने र सञ्चालित उद्योगधन्दा डुब्ने हुने खतरा बढेको हो ।
औद्योगिक क्षेत्रको पूर्व–दक्षिण छेउमा पानी बहावलाई थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा सहरी विकास तथा भवन निर्माण कार्यालयले सहिदस्तम्भ निर्माणका लागि माटो पुर्ने र इँटाको पर्खाल निर्माण गरिरहेको छ ।
निर्माणाधीन सहिदस्तम्भ पानी बहावको मुल नै थुन्ने गरी बनाउन थालेकोले वर्षात्को समयमा औद्योगिक क्षेत्र डुबानमा पर्ने र औद्योगिक क्षेत्र डुब्ने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख दीपकराज आचार्यले जानकारी दिनुभयो ।
औद्योगिक क्षेत्रको पूर्वतर्फबाट पानीको बहाव भइरहेको थियो । प्रमुख आचार्यले भन्नुभयो, “तर अहिले त्यो बहावलाई नै थुन्ने गरी स्थायी संरचना बनाइएकोले पानीको निकास रोकिएर, सबै पानी औद्योगिक क्षेत्रभित्र जम्छ र उद्योगधन्दाको मेसिनलगायतमा क्षति पु¥याउँछ ।” अघिल्लो वर्षको बाढीले औद्योगिक क्षेत्रको पर्खाल भत्काएको थियो भने औद्योगिक क्षेत्रभित्र पानी जमेकोले उद्योग सञ्चालन हुनसकेको थिएन ।
औद्योगिक क्षेत्रको स्थापनाकालमै पानी निकासका लागि विसं २०४४ मा निर्माण गरिएको पोखरीमा माटो पुरेर सहिदस्तम्भ बनाउन कार्य गरिएकोले औद्योगिक क्षेत्र थप समस्यामा परेको प्रमुख आचार्यको भनाइ छ ।
औद्योगिक क्षेत्रलाई डुबानमा पार्ने गरी सहिदस्तम्भ निर्माण भइरहेको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्र्यालयले सरोकारवाला निकायलाई गुहारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *