भर्खरै :

बेलायतले हङकङमा नचलाउनुमै बुद्धिमानी

हङकङको संसद् भवनमा केही प्रदर्शनकारीहरूले तोडफोड र हमला गरेको घटनाबारे बोल्ने क्रममा बेलायतका विदेश सचिव जेरेमी हन्टले उक्त हिंसात्मक प्रदर्शनकारीको आलोचना गरेनन् । बरु उनले सन् १९८४ मा चीन र बेलायतले संयुक्तरूपमा जारी गरेको घोषणाको पालना गर्न चीनलाई आग्रह गरे । उनले चीनले सो घोषणाअनुसार आप्mना प्रतिबद्धतामा बेवास्ता गरे ‘गम्भीर परिणाम’ आउने चेतावनी दिए । उनले भने, “हङकङका जनताको पछाडि हामी छौँ ।” उनले हङकङ सरकारलाई त्यहाँका जनतामाथि दमन नगर्न पनि सचेत गरे ।
हन्टको वक्तव्यले कूटनीतिक सीमा नाघेको छ । केही मानिसहरू हन्ट बेलायतको प्रधानमन्त्री बन्ने लालसामा कन्जरभेटिभ पार्टीको नेतृत्वलाई खुसी बनाउन यस्तो कडा वक्तव्य दिएको हुनसक्ने अनुमान गरेका छन् । चीनको विदेश मन्त्रालयले हन्टको सो अभिव्यक्तिको भत्र्सना गरेको छ ।
सन् २०११ को अगस्टमा लन्डन सहरमा ठूलो उपद्रव फैलिएको थियो । त्यतिबेला तीन हजारभन्दा बढी मानिस पक्राउ परेका थिए । १ हजार ७७४ जनामाथि मुद्दा चलाइएको थियो र ३ सय १७ जनालाई सजाय गरिएको थियो । पक्राउ परेका प्रदर्शनकारीमाथि बेलायत सरकारले दुव्र्यवहार गरेको समाचार इन्टरनेटभरि फैलिएको थियो । तत्कालीन गृहसचिव थेरेसा मेले लन्डन उपद्रवलाई ‘अपराध’ को संज्ञा दिएकी थिइन् । त्यत्तिबेला रोयटर्स समाचार संस्थामा प्रकाशित एउटा समाचारको शीर्षक थियो–फेरि उपद्रव भए बेलायत सरकारले सेना परिचालन गर्न सक्छ–क्यामरुन’
यदि हङकङमा हालै भएको जस्तो प्रदर्शन लन्डनमा भएको भए र बेलायतको संसद् भवनमा हङकङमा जस्तै हिंसात्मक आक्रमण गरिएको भए बेलायती शासक वर्ग कति आक्रोशित हुने थिए ! बेलायत सरकारलाई त्यस्तो काम गर्ने प्रदर्शनकारीलाई कडा सजाय दिन उनीहरूले नै माग गर्ने थिए ।
हन्टको प्रतिक्रियालाई चीनको विदेश मन्त्रालयका एक जना प्रवक्ताले औपचारिकरूपमा ‘निर्लज्ज’ भनेका छन् । हन्टको भनाइ हङकङका केही मानिसले पनि सुनेर त्यसबाट प्रभावित भएको हुनुपर्छ । उक्त भनाइकै कारणमा हङकङका ती मानिसले आफ्नो काम न्यायपूर्ण भएको भ्रम समेत पालेको हुनसक्छ । वास्तवमा हङकङमा भएको अस्थिरताको गहिरो आन्तरिक कारण छ । हङकङका केही मानिसको असन्तोष आज विरोधमा परिणत भएको हो । त्यही असन्तोषलाई पश्चिमाहरूले उछालिरहेका छन् । त्यसरी उछाल्नेहरूमा हन्ट र संरा अमेरिकी विदेशसचिव न्यान्सी पेलोसीलगायत छन् । उनीहरूले नै प्रदर्शनकारीहरूलाई ‘हौसला’ लिइरहेका छन् ।
केही पश्चिमा जनता हङकङलाई दिग्भ्रमित पार्न वैचारिक क्षेत्रमा रहेको खाडल प्रयोग गर्न खोजिरहेका छन् । उनीहरूसँग निश्चित राजनीतिक मुद्दामा हङकङवासीको धारणालाई आकार दिने क्षमता र औजार अझै बाँकी छ ।
हन्ट र पेलोसीजस्ता मानिसलाई हङकङको मामिलामा यसरी ठूलो स्वरमा हल्ला रोक्न चीनले सक्दैन । त्यसकारण चीनले पश्चिमा राजनीतिक शासकको खराब मनसायबारे हङकङको समाजलाई नै बुझाउन जरुरी छ । चीनलाई फिर्ता गर्नुअघि हङकङमा बेलायतले नियुक्त गरेको बेलायती गभर्नरले शासन गथ्र्यो । उत्तिबेला त्यहाँ कार्यकारी प्रमुखको कुनै निर्वाचन हुँदैनथ्यो न त्यत्तिबेला आजजस्तो कुनै प्रदर्शन नै गर्न दिइन्थ्यो । आजभोलि जस्तै हङकङवासीले त्यत्तिबेला प्रजातन्त्रको अभ्यास गर्न पाएका थिएनन् ।
न्यायलाई अन्यायले पराजित गर्नसक्दैन । हङकङ र मुख्त्ूमि चीनबीचको सम्बन्धमा भाँजो कसैले हाल्न सक्दैन । अनि कुनै पनि वैचारिक बहानाबाजीमा हङकङको समाजलाई बिच्काउन कसैले सक्दैन । हङकङको स्थायित्वलाई कसैले तोड्न सक्दैन । चीनको केन्द्रीय सरकार सधैँ हङकङवासीको साथमा छ । यस्तो परिस्थितिमा हङकङको अवस्था विथोल्ने आन्तरिक र बाह्य शक्तिसँग भिडन्तको उचित समय र स्थान बन्दै जाने छ ।
हन्टले हङकङको आगोमा घ्यु थपेका छन् । यसले उनी र बेलायतको छविलाई नै खराब पार्ने छ । आफ्नो व्यक्तिगत राजनीतिक हितको लागि उनी चीन र बेलायतबीचको सम्बन्धमा भाँजो हाल्ने प्रयास गरिरहेका छन् । हन्ट स्वार्थी छन् । उनीसँगै कुनै मूर्त तर्क पनि छैन । उनको यस्तो व्यवहारको मूल्य बेलायती कूटनीतिले बेहोर्नुपर्ने छ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *