सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
– दानबहादुर कपाली
सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओली वास्तविक कुरोलाई पनि हाँसोमा उडाउँछन् र सत्यलाई ढाकछोप गरेर एकपछि अर्काे गल्ती गरेर आफ्नो सान बढाउने कुत्सित प्रयत्न गर्छन् । वातावरणविद्हरू काठमाडौँको वातावरण प्रदूषित या श्वासप्रश्वासको लागि अयोग्य भनिरहेको बेला प्रम ओली स्वच्छ, सफा र हराभरा भएको बताएर गर्व गर्छन् । काठमाडौँ स्वच्छ र सफा भएकैले उनले अब कसैले मास्क लगाउन नपर्ने बताए । तर, काठमाडौँमा वर्षामा हिलो र अरू बेला धुलो भएर वातावरण प्रदूषित भइरहेको कुरा कसैले कसैलाई भन्नुपर्दैन । काठमाडौँवासी र राजधानीबाहिरका बटुवाहरूले राजधानीको वातावरण प्रदूषित र फोहर भएकै कारण मास्क लगाउन छोडेका छैनन् । आफ्नो स्वास्थ्यको लागि मास्क राखेर हिँडेका यात्रुलाई प्रम ओलीले सरकारीविरोधी देखे । सरकारको विरोध गर्नका लागि मास्क राखेर हिँडेको आरोप प्रमले लगाए ।
सरकारको विरोध गर्नकै लागि मास्क राखेर हिँडेको बताएपछि प्रमले बोलिरहेको कार्यक्रममा सहभागीमात्र होइन नेकपाका नेताहरू हाँसे । प्रमको कुरा पत्रकारहरूलाई त के आफ्नै नेताहरूलाई विश्वास लागेन र उनको कुरालाई आफ्नै नेताहरूले हाँसोमा उडाए । कसैले मास्क लगाएर कुनै बटुवालाई सरकारको विरोध गर्नुपर्छ र ! प्रम ओलीले मास्क राखेर हिँड्ने व्यक्तिलाई सरकारविरोधी देखे । आफ्नो व्यक्त विचारलाई झूटा भएको देखाउन मास्क लगाएको बताएर प्रम ओली किन आफ्नो धोती खुस्काउन चाहे भनी काठमाडौँकै बासिन्दाहरूबीच घर – घरमा चर्चाको विषय बन्यो ।
कुनै यात्रु राजधानीमा मोटरसाइकल चढेर घर छिरेपछि लुगाफाटा सबै धुलैधुलो हुन्छ । यो यात्रुहरूले सधैँ भोगिरहेको समस्या हो । तर, प्रम यो यथार्थलाई ढाकछोप गरेर काठमाडौँ सहरमा धुलै नउडेको बताउँछन् । मास्क नै लगाउन नपर्ने ठाउँमा मास्क लगाएर आफ्नो अभिव्यक्ति र सरकारको विरोध ग¥यो भनी डाहा गर्छन् प्रम । वातावरणविद्हरू काठमाडौँको वायु प्रदूषण पाँच गुणाले बढेको स्वीकार्छन् । प्रम ओली यति तल झरेर, गिरेर किन आफ्नो भएको इज्जत, प्रतिष्ठामा आघात पु¥याउन चाहन्छन् ? प्रमजस्तो जिम्मेवार व्यक्तिले केटाकेटीपनको कुरा गरेर आफ्नो इज्जत फाल्ने ! मास्क लगाएर सरकारको विरोध ग¥यो रे ! विरोधकोे नाउँमा यति नीच भएर बोल्न प्रम ओलीलाई सुहाउँछ ? हरेक संवेदनशील कुरालाई ठट्टा या हँस्सीमजाकमा उडाएर जीवन बिताउने रहरै छ भने एक हास्य कलाकार बने भइहाल्छ नि ! कुनै फिल्ममा जोकरको भूमिका निर्वाह गरेर जीवन बिताउने हो कि !
Leave a Reply