अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र
- श्रावण ४, २०८३
श्वेतपत्र खण्ड III
संरा अमेरिकाको व्यापार संरक्षणवादी अभ्यास
संरा अमेरिकाले अङ्गालेको लगानी तथा व्यापारलाई निषेध गर्ने कैयौं नीति एवं कामले मर्यादा र नियममा आधारित बहुआयामिक व्यापार प्रणालीलाई हानी पु¥याएको छ । बजार प्रतिस्पर्धालाई विकृत बनाइरहेको प्रस्ट छ । निष्पक्ष व्यापारमाथि प्रहार हुँदै छ । विश्व औद्योगिक सम्बन्ध भताभुङ्ग हुँदै छ । चीन–संरा अमेरिकाको आर्थिक एवं व्यापार सम्बन्धको सामान्य विकासलाई गम्भिर प्रभाव पार्दै छ ।
१. विदेशी उत्पादनमाथि भेदभाव
धेरै अमेरिकी नियमनकारी नीतिहरू स्पष्टरूपमा आत्मकेन्द्रित र संरक्षणवादी छन् । निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तविपरीत छन् । विदेशी उत्पादनमाथि भेदभाव गर्ने खालका छन् । संरा अमेरिका प्रत्यक्ष वा परोक्षरूपमा कानुनी ढङ्गले अन्य देशका उत्पादन खरिदमा निषेध गर्दै छ । संरा अमेरिकामा विदेशी कम्पनीहरूमाथि अनुचित व्यवहार हुन्छ । विशेषगरी चिनियाँ कम्पनीहरूमाथि त्यस्ता खालका प्रतिबन्धहरू लगाइँदै छन् ।
अति विकसित देशहरूमा र केही विकासोन्मुख देशहरूमा समेत निष्पक्ष प्रतिस्पर्धाका आधारमा संरा अमेरिकी बजार खस्किँदै छ । सन् २०१३ मा The Organization for Economic Cooperatiom & Development OECD (आर्थिक सहकार्य र विकासका लागि सङ्गठन, ओसेड) द्वारा प्रसारित उत्पादन बजार नियम (Product Market Regulation) का सूचकहरूको तथ्याङ्कअनुसार ३५ राष्ट्रहरूमध्ये नेदरल्यान्ड, बेलायत र अस्ट्रेलिया सूचीभन्दा माथि छन् । अमेरिका भने सूचीको २७ औं स्थानमा छ र यसले उत्पादन बजारमा निष्पक्ष प्रतिस्पर्धामाथि संरा अमेरिकी बजार नियमनका नीतिहरूले सृजना गरेका अप्ठ्याराहरूप्रति सङ्केत गर्छ । बा¥ह गैर–ओसेड राष्ट्रका सूचकहरू थपेपछि संरा अमेरिका ४७ राष्ट्रमध्ये ३० औं स्थानमा मात्र रहन्छ जसले लिथुआनिया, बुल्गेरिया र माल्ताजस्ता गैर–ओसेड राष्ट्रहरूमा भन्दा संरा अमेरिकामा उत्पादन बजार प्रणाली या वातावरण निष्पक्ष नभएको दर्शाउँछ ।
अधिकांश विकसित राष्ट्र र केही विकासोन्मुख राष्ट्रहरूसमेतको तुलनामा संरा अमेरिका विदेशी उत्पादनमाथि अत्यधिक भेदभाव गर्छ । उत्पादन बजार नियमको सूचकको उपसूचक– विदेशी आपूर्तिकर्ताहरूमाथि विभेदपूर्ण व्यवहार (Differential Treatment of Foreign Suppliers) का आधारमा सन् २०१३ मा संरा अमेरिका ३५ ओसेड राष्ट्रहरूमध्ये ३२ औं स्थानमा रह्यो । यसले संयुक्त राज्य अमेरिकी उत्पादन बजारमा अन्य मुलुकहरूमाथि गरिएको चरम भेदभावतिर सङ्केत गर्छ । यस सूचीमा १२ गैर–ओसेड राष्ट्रहरू थपिएपछि संरा अमेरिका सूचीको ४७ राष्ट्रमध्ये ३९ औं स्थानमा पर्छ । ब्राजिल, बुल्गेरिया, साइप्रस, भारत, इन्डोनेसिया र रोमानियाजस्ता गैर–ओसेड राष्ट्रहरूमा भन्दा संरा अमेरिकामा भेदभावको मात्रा उच्च छ ।
संरा अमेरिकाले आफ्ना सरकारी विभागहरूमा ‘अमेरिकी खरिद’ को निम्ति कानुनमैै कडा व्यवस्था ग¥यो । विदेशी उत्पादन खरिद नियममा विभेदकारी बुँदाहरू लेख्यो । उदाहरणका लागि, अमेरिकी खरिद ऐनमा उल्लेख गरिएअनुसार अमेरिकी सङ्घीय एजेन्सीहरूले अमेरिकामा निर्माण भएका उत्पादन र निर्माण नहुने सामग्रीका हकमा अमेरिकामै उत्पादित वा खनिज खरिद गर्न पाउँछन् । संरा अमेरिकाको कानुन संहिता (Code of Laws) का अनुसार सार्वजनिक यातायातले सङ्घीय वा प्रादेशिक कोष प्राप्त गर्न त्यस प्रोजेक्टमा अमेरिकामा उत्पादित स्टील, फलाम र अन्य निर्माण सामग्री प्रयोग भएको हुनुपर्छ । कृषि, ग्रामीण विकास, खाद्य तथा औषधि व्यवस्था र सम्ब्न्धित विनियोजन कानुनका अनुसार यी कानुनद्वारा प्रत्यायोजित कोषबाट संरा अमेरिकामा विद्यालय खाना कार्यक्रम, बाल तथा युवा खाद्य सेवा कार्यक्रम, बालबालिकाका लागि गर्मी (Summer) खाद्य सेवा कार्यक्रम वा विद्यालय ब्रेकफास्ट कार्यक्रमका लागि चीनबाट कच्चा वा प्रशोधित पोल्ट्री उत्पादन खरिद गर्न र प्रयोग गर्न पाइँदैन । राष्ट्रिय रक्षा प्राधिकरण ऐनले सङ्घीय सरकारलाई राष्ट्रिय सुरक्षाको क्षेत्रमा चिनियाँ कम्पनीका सामग्री तथा सेवा खरिद गर्नबाट वञ्चित ग¥यो र गर्दै छ ।
२. संरा अमेरिकामा चिनियाँ कम्पनीहरूको सामान्य लगानी गतिविधिहरूलाई बाधा पु¥याउने उद्देश्यले ‘राष्ट्रिय सुरक्षा पुनरावलोकन ९ल्बतष्यलब िक्भअगचष्तथ च्भखष्भध०’ को दुरूपयोग
विदेशी लगानीमाथि सुरक्षा पुनरावलोकन गर्ने सूचीमा संरा अमेरिका नै संसारको पहिलो देश हो । सन् १९७५ मा संरा अमेरिकामा विदेशी लगानीको प्रभावबारे अनुगमन गर्ने विशिष्ट उद्देश्यसहित संरा अमेरिकामा विदेशी लगानी समिति (Committee on Foreign Investment in the United States – CFIUS, को स्थापना गरियो । सन् १९८८ मा इक्सोन फ्लोरियो संशोधनले १९५० को रक्षा उत्पादन ऐन संशोधन गर्दै संरा अमेरिकी राष्ट्रपति र जनतालाई बाह्य हस्तक्षेप समीक्षा गर्ने अधिकार प्रदान ग¥यो । सन् २००७ को वैदेशिक लगानी तथा राष्ट्रिय सुरक्षा ऐनमार्फत सिफियसलाई विस्तार गरियो । साथै समीक्षा गर्नसक्ने क्षेत्र फराकिलो बनाइयो । बितेको ५० वर्षमा संरा अमेरिकाको कानुनी प्रक्रियाले के देखाउँछ भने वैदेशिक लगानीसम्बन्धी संरा अमेरिकी सुरक्षा समीक्षाको प्रमुख चरित्र भनेको कडा कानुन, नीति तथा नियम, बढ्दो नियमनकारी टोलीहरू तथा समीक्षाको क्षेत्र र पछिल्लोमा कडा छानबिन तथा प्रतिबन्ध आदि । विशेषतः यी दबाबमूलक चरित्र चीनप्रति लक्षित छन् ।
व्यवहारमा भने संरा अमेरिकी ‘राष्ट्रिय सुरक्षा समीक्षा’ नीति कमजोर प्रमाणका आधारमा बनेको देखिन्छ र कठोरता बढ्दो छ । संसदलाई बुझाइएको सिफियसको वार्षिक प्रतिवेदनअनुसार यस समितिले सन् २००५ देखि २००८ सम्मको ४६८ वैदेशिक लगानी कारोबारहरूको समीक्षा गरिएकोमा जम्मा ३७ वटा (८ प्रतिशत) मात्र अनुसन्धानको दायरामा पर्न सफल भए । सन् २००८ मा ट्रेजरी विभागले विलय, अधिग्रहण र विदेशी व्यक्तिबाट हुने हडप्नेसँग सम्बन्धित नियम जारी ग¥यो । सन् २००९ देखि २०१५ सम्म समीक्षा गरिएका ७७० मुद्दाहरूमध्ये ३१० वटा (४० प्रतिशत) अनुसन्धानको तह उत्तीर्ण हुन सफल भए जसले उल्लेख्य वृद्धि भएको देखाउँछ । सन् २०१५ मा प्रकाशित तथ्याङ्कअनुसार यो तथ्याङ्क बढेर ४६ प्रतिशतसम्म पुगेको देखिन्छ ।
संरा अमेरिकाको राष्ट्रिय सुरक्षा समीक्षाको निशानामा मुख्यतः चिनियाँ कम्पनीहरू छन् । सिफियसको स्थापनापश्चात् संरा अमेरिकी राष्ट्रपतिले समितिको सिफारिसका आधारमा चिनियाँ संस्था र उनीहरूको सम्बन्धित व्यवसायलाई निशाना बनाउँदै चार कारोवार निषेध गरिए । सन् २०१३ देखि २०१५ सम्ममा सिफियसले ३९ अर्थतन्त्रका ३८७ कारोवार समीक्षा गरिसकेको तथ्याङ्क छ । त्यसमध्ये ७४ वटा कारोबार चिनियाँ कम्पनीको लगानीमा संलग्न कारोबार छन् – जसले १९ प्रतिशत ओगट् छ । लगातार ३ वर्षदेखि सम्पूर्ण राष्ट्रहरूमध्ये चीनले ठूलो भाग ओगट्दैछ । संरा अमेरिकाद्वारा चिनियाँ व्यवसायिक लगानीलाई निषेध तथा प्रतिबन्ध गरिएको तथ्याङ्क नियाल्दा चिनियाँ लगानीलाई सिफियस समीक्षाको दायरा सेमिकन्डक्टर र वित्तीय क्षेत्रदखि फैलिएर सुँगुरको खुराकसहितको खाना प्रशोधनको क्षेत्रसम्म पुगिसकेको देखिन्छ । समीक्षा प्रक्रियामा पारदर्शिताको कमी, अत्यधिक स्वेच्छाचारी शक्ति र निषेधका कारण नखुलाउने आदिले सामान्य कारोवारलाई राष्ट्रिय सुरक्षाको बहानामा बाधा पु¥याइँदै छ । जुन अत्यन्तै गम्भीर मुद्दा बनेको छ ।
अझ कठोर बाह्य लगानी सुरक्षा समीक्षाका लागि संरा अमेरिका नयाँ कानुन निर्माण गर्दैछ । अगष्ट १३, २०१८ का दिन राष्ट्रपतिले आर्थिक वर्ष २०१९ का लागि राष्ट्रिय रक्षा प्राधिकरण ऐनमा हस्ताक्षर गरे तथा यसको एउटा खण्ड वैदेशिक लगानी चुनौती समीक्षा आधुनिकीकरण ऐन (FIRRMA) हो जसले सिफियसको अधिकारलाई बलियो बनाउँछ, कारोबार हेर्ने क्षेत्र विस्तार गर्छ, थप कर्मचारी नियुक्त गर्छ, “विशेष चासोका देशहरू” पदावली स्थापित गर्छ र समीक्षाका निम्ति थप खण्डहरू (factors) को व्यवस्था गर्छ । यी सम्पूर्ण बुँदाहरूले अझ कसिलो लगानी समीक्षातिर स्पष्ट सङ्केत गर्छ । विशेषतः यसले सन् २०२६ अगाडि संरा अमेरिकामा चिनियाँ लगानीबारे द्विवार्षिक प्रतिवेदन पेश गर्न वाणिज्य विभागलाई आग्रह गरेको छ ।
३. बजार प्रतिस्पर्धालाई विकृत पार्ने ठूला अनुदान
संरा अमेरिकाको सङ्घीय एवं उपराष्ट्रिय–तहका सरकारले केही क्षेत्र तथा कम्पनीहरूलाई ठूलो अनुदान उपलब्ध गराउँछ, आर्थिक उद्दार ९दबष्यिगत०, तथा सहुलियत ऋण उपलब्ध गराउँछ । यस्ता गतिविधिले निष्पक्ष बजार प्रतिस्पर्धासामु ठूलो मात्रामा अवरोध खडा गर्छ । अनुदानबारे अध्ययन गर्ने अमेरिकी संस्था “गुड जब फस्र्ट” अर्थात “पहिले राम्रो रोजगारी” का अनुसार सन् २००० देखि २०१५ बीचमा सङ्घीय सरकारले कम्तिमा ६८ अर्ब अमेरिकी डलर बराबरको अनुदान एवं विशेष कर ऋण व्यवसायीहरूलाई दियो । ५८२ वटा ठूला कम्पनीहरूले सम्पूर्ण भागको जम्मा ६७ प्रतिशत हिस्सा प्राप्त ग¥यो । सोही अवधिमा सङ्घीय एजेन्सीहरूद्वारा निजी क्षेत्रलाई सयौं अर्ब डलर बराबरको ऋण ग्यारेन्टी र उद्दार सहयोग प्रदान गरेका छन् । व्यापक क्षेत्रले सरकारी अनुदान प्राप्त गरेका छन् ।
अनुवाद ः सुजन
The Facts and China’s
Position on China- US Trade Friction
September 2018
Leave a Reply