विषय वस्तुमा जानकार र सङ्गठित हुन सके मजदुरहरू डराउन नपर्ने
- भाद्र २४, २०८३
भक्तपुर, ३१ असार । भक्तपुर नगरपालिकाअन्तर्गत बजार अनुगमन समितिले भक्तपुर औद्योगिक क्षेत्रभित्रका दही, बरफ र दूध डेरी उद्योगमा अनुगमन गरेको छ । सो क्रममा केही बरफ उत्पादकले रङ्गको आवश्यकताभन्दा बढी प्रयोग गरेको, सरसफाइमा ध्यान नदिइएको फेला परेको छ । अनुगमन टोलीले फेला पारेका बरफमा राखिने म्याद नाघिएको केरी, भेनिला, अरुण लेमनलगायतका कृत्रिम मिसावट र क्रिम नष्ट गरेको थियो ।
अनुगमनमा टोलीले आइस मार्ट दुग्ध उद्योगमा उद्योग ग श्रेणीमा दर्ता गरी राखेकोले ‘क’ श्रेणीमा स्तर बृद्धि गर्नुपर्ने, उद्योगमा धेरै फोहर देखिएकोले सरसफाइमा विशेष ध्यान दिनुपर्ने, कामदारहरू सबैले एप्रोन, माक्स, बुट, हेयरनेट अनिवार्य प्रयोग गर्ने, ल्याबमा माइक्रोबायोलोजीलगायत सम्पूर्ण परीक्षण गर्ने, बरफमा कुहेको–मकेको सिन्का प्रयोग गरेको देखिएकोले सो बरफ नष्ट गर्न लगाई त्यस्तो कुहेको सिन्का प्रयोग नगर्न, बरफमा रङ्ग बढी प्रयोग नगर्न, खाद्य अनुज्ञापत्र अनिवार्य लिन, जिन्सी कोठा खुला नराख्न, ढक तराजू नापतौल विभागमा नवीकरण गर्न र बहाल करसमेत तिर्न निर्देशन दियो ।
त्यस्तै गायत्री कुल्फी उद्योगमा भक्तपुर नगरपालिकामा उद्योग दर्ता गर्न, सरसफाइमा विशेष ध्यान दिनुपर्ने, कामदारहरू सबैले एप्रोन, माक्स, बुट, हेयरनेट अनिवार्य प्रयोग गर्ने, ल्यावमा माइक्रोबायोलोजीलगायत सम्पूर्ण परीक्षण गरी रेकर्ड राख्नुपर्ने, उत्पादन कक्ष दुर्गन्धित भएकोले सरसफाइ व्यवस्थित गर्ने, ढक तराजु नापतौल विभागमा नवीकरण गर्ने, बरफमा राख्ने केरी–६, भेनिला–१, अरुण लेमन–२ लगायतका सुगन्धहरू, मेरिगोल्ड स्विटेन्ड वेभरेज क्रिम–१ म्याद नाघेको हुँदा नष्ट गरिएको थियो ।
त्यस्तै हाडा आइसक्रिममा नगरपालिकामा दर्ता गरेको प्रमाणपत्र नभएकोले दर्ता गर्न, बरफमा रङ्ग बढी नराख्न, कामदारहरू सबैले एप्रोन, माक्स, बुट, हेयरनेट अनिवार्य प्रयोग गर्ने, ल्यावमा माइक्रोबायोलोजि लगायत सम्पूर्ण परीक्षण गरी रेकर्ड राख्न, उत्पादन कक्षको सरसफाई र ढल निकास व्यवस्थित गर्न, म्याद नाघेको सामान नराख्न निर्देशन दिइयो ।
त्यस्तै सैंजू दही भण्डारमा दही र मिठाइ पाकेटमा उत्पादन मिति अनिवार्य राख्न, दही जमाउने ठाउँमा बिरालोलगायत जीवजन्तुहरू नपठाउन, स्टोर फोहर देखिएकोले व्यवस्थित गर्न निर्देशन दिइयो ।
Leave a Reply