भर्खरै :

किसान कार्यकर्ताको सम्झना

भक्तपुर, ३१ असार । नेपाल मजदुर किसान पार्टीका अग्रज किसान कार्यकर्ता नारायणभक्त लागेजूको स्मृतिमा मङ्गलबार श्रद्धाञ्जली कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले किसान कार्यकर्ता लागेजू पार्टीको निर्देशनमा बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, मोहियानी हक सुरक्षा आन्दोलन आदि सङ्घर्षमा सक्रियतापूर्वक लाग्नुभएको बताउनुभयो ।
उहाँले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र जनताको हितमा काम गर्ने कार्यकर्तालाई नयाँ पुस्ताले सधैँं सम्झिरहने बताउनुभयो ।
उहाँले किसानहरूको पक्षमा ल्याइएको गुठी विधेयक फिर्ता गराउन सामन्त र मठाधीश लागेको र उनीहरूको दबाबमा विधेयक फिर्ता लिनु सरकारको नालायकी भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले क्रान्तिकारी किसानहरूको सङ्घर्षकै परिणाम मोहियानी हक सुरक्षा सम्भव भएको बताउनुभयो ।
उहाँले किसानहरूमा देश र जनताको सेवा गर्ने भावना आवश्यक भएको बताउनुभयो ।
नेमकिपा छालिङका अध्यक्ष सूर्यबहादुर फोजूको सभापतित्वमा भएको कार्यक्रममा मीनबहादुर बाटा, इन्द्रबहादुर फोजूलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *