भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने
- बैशाख ३, २०८३
भक्तपुर, १ साउन । शारदा माध्यमिक विद्यालयको आयोजनामा शैक्षिक सत्र २०७६ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा प्रदेश नं.३ का सांसद सृजना सैंजूले आजका हरेक विद्यार्थीहरूले समाज परिवर्तनका लागि तयार हुनुपर्ने आवश्यकता औँल्याउँदै विद्यार्थीहरूले शैक्षिक प्रमाणपत्रका लागि मात्र पढ्ने संस्कृति त्यागेर व्यावहारिक बन्ने काममा सफलता हासिल गर्नुपर्नेमा जोड दिनुभयो । कोही भोकै र कोही मोटोपनाका कारण मर्ने गरेको बताउँदै सांसद सैंजूले आर्थिक असमानताकै कारण समाजमा अस्थिरता रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षाप्रेमी हिमालयश्वरलाल मूलले समाजका हरेक प्राणी तथा वस्तुहरू समाज विकासको वैज्ञानिक नियमअनुसार चल्ने हुनाले परिवर्तन अवश्यम्भावी छ भन्नुभयो । सकारात्मक परिवर्तनका लागि विद्यार्थीहरूले पनि आप्mनो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताउँदै उहाँले देश नरहे कोही पनि हुँदा देशभक्तिपूर्ण भावनालाई आत्मसात गर्न जोड दिनुभयो ।
अभिमुखीकरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रोशनराज तुईतुई, शिक्षकहरू सुन्दर राजचल, विनोद आगञ्जा, विनय कोजू, हरिसुन्दर सुवाल, युवराज पराजुली, शङ्कर आचार्य, शर्मिन बज्राचार्य, रवीन्द्र न्हेम्हाफुकी, मञ्जु लाखा, रविना कोजूलगायतले बोल्नुभएको थियो ।
Leave a Reply