भर्खरै :

निजामती विधेयकबारे दफावार छलफल

काठमाडौँ, १ साउन । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती विधेयक, २०७५ बारे दफावार छलफल बुधबार चालू भयो ।
विधेयकको दफा ६५ मा भ्रष्टाचार, किर्ते, राज्यविरूद्ध जासुसी, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण, जबरजस्ती करणी तथा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट अन्तिम कसुरदार ठहरिएका निवृत्तिभरण पाइरहेका व्यक्तिलाई निवृत्तभरण नपाउने उल्लेख छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देशको गोपनियता भङ्ग गर्ने र सूचना चुहाउने व्यक्तिलाई पनि निवृत्तिभरण नपाउने गरी विधेयकमा थप्नुपर्ने सुझाव दिनुभयो ।
छलफलमा सरकारी सेवाबाट अवकाश भई निवृत्तिभरण प्राप्त गरेका व्यक्ति राज्यको कुनै लाभको पद – राजदूत, संवैधानिक आयोगको पदाधिकारी, संस्थानको पदाधिकारीमा मनोनयन वा सङ्घीय संसद वा प्रदेश संसद वा स्थानीय तहका निर्वाचित भए त्यसपछि निवृत्तिभरण नपाउने प्रावधान विधेयकमा राख्नुपर्ने विषय पनि उठ्यो । बैठक बिहीबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको छ । बैठकमा बाढी–पहिरो क्षेत्र अध्ययन गर्न जाने विषयमा पनि छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *