भर्खरै :

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको अध्ययन टोली भक्तपुरमा

भक्तपुर, साउन २ : प्रतिनिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा आएको टोलीले बिहीबार भक्तपुरको भाज्या पोखरी, मंगलतीर्थ र हनुमन्त्ते खोलाको स्थलगत निरीक्षण गर्नुभयो । २०७६ असार २६ गतेदेखि २८ गतेसम्म परेको अविरल वर्षाका कारण देशभरि पुगेको क्षति अध्ययन अवलोकनको क्रममा सो टोली आएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको पनि अवलोकन गर्नुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले टोलीलाई भक्तपुरमा स्वागत गर्नुहुँदै भक्तपुर नगरपालिकामा बाढीबाट भएको क्षति सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाउनुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुरमा हनुमन्त्ते खोला र खासाङखुसुङ खोलाबाट हुने सम्भावित क्षति न्युनीकरण गर्न वर्षेनी करोडौं रुपैयाँ बराबरको खोलाको माटो झिक्ने काम गर्दै आएको प्रमुख प्रजापतिले जानकारी गराउनुभयो ।
ध्यानाकर्षण पत्र बुझाउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित पक्की पुलको तल खोलाको सतहभन्दा माथि ढलान गरेको कारण सल्लाघारीदेखि पूर्वको सिमाना जगातीसम्म खोलाको सतह माथि आएको र वडा नं. १ कै मध्यपुरसँग सिमाना जोडिएको राधेराधे पुल (जस्तीके) को तल जमिनको सतह माथि आउने गरी ढुंगा र कंक्रिट बिछ्याइएको कारण खोलाको सतह माथि आएका कारण भक्तपुरमा बाढीबाट बढी क्षति हुने गरेको प्रस्ट पार्दै पुलमुनिको सतह गहि¥याइ पानीको प्राकृतिक बहाव नरोक्ने व्यवस्था मिलाउन सडक विभाग र सम्बन्धित निकायको नाउँमा निर्देशन गर्न माग गर्नुभयो ।
प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका संयोजक शशी श्रेष्ठले मानव निर्मित संरचनाकै कारण बाढीबाट धेरै क्षति पुगेको बताउनुहुँदै क्षति न्युनीकरणको लागि प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी क्षतिको वास्तविक कारण पहिचान गर्न लागिपरेको बताउनुभयो । उहाँले प्रतिनिधिसभा राज्य व्यवस्था टोलीले देशभरि बाढी–पहिरोले क्षति पु¥याएका स्थानहरूको अनुगमन गरिरहेको बताउनुहुँदै समितिको बैठक बसी समस्याको दीर्घकालीन समस्यामा ध्यान प्रतिबद्धता जनाउनुभयो ।
नगर प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. १ स्थित करिब ८०० वर्ष अघि निर्मित भाज्या पोखरीको उत्तरतर्फको करिब ५० फिट र पश्चिमतर्फ करिब १० फिट भत्केको, भनपा वडा नं. ३ बाराही स्थान भैल इयुदेखि इवामुरा अस्पतालसम्म खोलाको दाया“बायाँ जग्गामा लगाइ राखेको धान र तरकारी बाली करिब १०० रोपनी पुरिएको, भक्तपुर नपा वडा नं. ३ स्थित बाराहीस्थानमा माटोले पुरिएको ठाउँमा नगरपालिकाले माटो पन्छाइ सफा गरेको, भक्तपुर नपा ३ कोलाछेँमा अविरल वर्षाको कारण ६ घर भत्किएको, भनपा वडा नं. ४ स्थित राम मन्दिर परिसरमा खोला पसी निर्माणाधीन भवनमा क्षति पु¥याएको, भनपा वडा नं. ८ स्थित १ घर भत्केको, असंगाल टोलदेखि हनुमन्त्ते खोलासम्म करिब १०० मिटरभन्दा बढी ग्राबिल बगाएको, भनपा वडा नं. ७ हनुमानघाटमा निर्माणाधीन घाट पुरिएको र निर्माण कार्यमा सामान्य क्षति पुगेको, सृजना नगर क्षेत्रमा घरभित्र पानी पसेको, खासाङखुसुङ खोलामा खुपा·गा र न्हालेमा चाँगुनारायण नपातर्फ खोलाको बगर कटान गरी धानबाली नष्ट भएको, वन्ती खोलाको बाढी पसेर करिब ५०० रोपनी बराबरको धान बाली नष्ट भएको, महाकाली पीठ ढुंगेधारा पूर्वतर्फ करिब १५ मिटर जति पर्खाल भत्केको, मंगलतीर्थमा पुरातात्विक सम्पदाहरू पुरेको र बाढीले बगाएको काठजन्य वस्तुलगायतका वस्तुहरू बाराही पुलमा अड्किएर पुललाई नै क्षति पु¥याएको र मंगलतीर्थको दक्षिणतर्फ धान बाली नष्ट भएको, लिबाली आवास क्षेत्र पूर्वतर्फ खोलाले धार परिवर्तन गरी आवास क्षेत्रतर्फ कटान गरेकोलगायतका विवरणसहितको ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *