भर्खरै :

दक्षिण कोरियामा ‘जापान सामान बहिस्कार’ अभियान

सिओल, १८ जुलाई । आधाभन्दा बढी दक्षिण कोरियाली उपभोक्ताहरूले जापानी बस्तुविरुद्ध बहिस्कार अभियानमा सहभागिता जनाएका छन् । सिओल–टोकियो व्यापार विवादबीच दक्षिण कोरियाली जनताले यस्तो निर्णय गरेको हालै सम्पन्न मतसर्वेक्षणले देखाएको छ । दक्षिण कोरियाली बस्तुको आयातमा जापानले गरेको निषेधको विषयलाई लिएर दुई देशबीच व्यापार विवाद भइरहेको छ ।
रियलमिटर मत सर्वेक्षणका अनुसार सर्वेक्षणमा सहभागी बन्ने ५४.६ प्रतिशत मानिसले जापानी बस्तु बहिस्कार गर्ने जनाएका छन् । अघिल्लो साता भएको सर्वेक्षणभन्दा यो ६.६ प्रशितले बढी हो ।
बुधबार ५०३ जना दक्षिण कोरियाली जनताबीच भएको मतसर्वेक्षणको आधारमा सो नतिजा सार्वजनिक भएको हो ।
जापानी बस्तु बहिस्कार गर्ने योजनामा रहेको वा बहिस्कार जारी राख्ने भनी जवाफ दिने दक्षिण कोरियालीको प्रतिशत ६६ प्रतिशत छ ।
दक्षिण कोरियामा चालु ‘जापान बहिस्कार’ अभियानअन्तर्गत दक्षिण कोरियालीहरू जापानको भ्रमण जान छोडेका छन् । साथै जापान बस्तु खरिद गर्न रोकेको छन् ।
जापानले यसै महिना मेमोरी चिप्स र डिस्प्ले प्यानल उत्पादनको लागि अत्यावश्यक तीन वस्तु दक्षिण कोरिया निर्यात गर्न कडाई गरेको थियो । ती बस्तुहरू स्मार्ट फोन, टीभीलगायत अन्य प्राविधिक उत्पादनको लागि अत्यावश्यक मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *