भर्खरै :

भ्रमण वर्षको चटारोले छुँदै

सिवी अधिकारी
काठमाडौँ, ४ साउन । “समय छोटो छ । गर्नु धेरै छन् । साथीहरू रिसाउनुहुन्छ । तपाईंको फोन उठेन भनेर । ‘म भन्छु, हो म साँच्चीकै व्यस्त छु किनकि समय घर्किसकेको छ, काम धेरै गर्नुपर्नेछ, त्यसैले मेरो विनम्र अनुरोध छ, फोन उठाएन भनेर गुनासो नगरिदिनु होला” नेपाल भ्रमण वर्ष २०२० अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यको यो आग्रह समय सान्दर्भिक छ ।
“भ्रमण वर्ष सफल हुन्छ कि हुँदैन भनेर हैन कि भनेर नसोचाँै बरु जसरी पनि सफल हुन्छ भनेर सबै मन वचन कर्मले लागौँ । कसरी सुधार्ने हामी सबै लागौँ यसैमा देशलाई फाइदा हुन्छ । भ्रमण वर्ष सामूहिक कार्य हो, यो कुनै व्यक्ति वा सरकारको मात्र काम हैन । सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक काम गरौँ”, संयोजक वैद्यको आग्रह थियो ।
हुन पनि समय छोटो छ । अबको पाँच महिनामा भ्रमण वर्ष सुरु हँुदैछ । यद्यपि, भ्रमण वर्षको पूर्व सुरुआत गत २०७५ चैत २९ गते पोखराबाट गरिएको थियो । भ्रमण वर्षको औपचारिक सुरुआत आगामी डिसेम्बर महिनाको अन्तिममा गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
संयोजक वैद्यको पनि गुनासो छ – समय र बजेट कम छ, तर पनि अभियानलाई सफल बनाउनुपर्ने बाध्यता छ  । “बजेट छ १० करोड । गर्नुछ एक अर्बको काम । हामीजस्ता व्यक्ति स्वयम्सेवीरूपमा आइराछौँ यो खुशीको कुरा हो तर मेरो गुनासो छ सुरज वैद्यले फोन उठाउँदैन, तर म भन्छु आफ्नो व्यापार सारा छोडेर लागेको छु । अभियानलाई सार्थक बनाउन, मिडियाकर्मीको सहयोगले नै यो अभियानलाई सफलतातिर पु¥याउँछ”, उहाँले भन्नुभयो ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानका रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यअनुरुप आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममै भ्रमण वर्षलाई प्राथमिकता दिइयो । सरकारले नेपाल भ्रमण वर्षको राष्ट्रिय कार्यक्रम संयोजकमा व्यवसायी सुरज वैद्यलाई नियुक्त ग¥यो । भ्रमण वर्ष सचिवालय स्थापना गरी प्रवद्र्धनात्मक गतिविधि सुरु भइसकेको छ । पछिल्लो समय अभियानका कार्यक्रम संयोजकको विषयमा सञ्चारमाध्यममा अनेक प्रचार भइरहेको छ । यसै सन्दर्भमा कार्यक्रम संयोजक सुरज वैद्यले भ्रमण वर्षको आगामी गतिविधिबारे सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “म पर्यटन व्यवसायी हैन, तर पर्यटनको भावना बुझ्छु । मलाई हतोत्सायी बनाउने हैन प्रोत्साहन चाहिएको छ । भ्रमण वर्ष सफल हुन्छ, अहिले अत्तिहाल्नुपर्ने अवस्था छैन ।” मलेसियाले पनि सन् २०२० लाई भ्रमण वर्ष मनाउँदैछ । उसले सन् २०१७ बाटै तयारी थालेको थियो । समय घट्केपछि नेपालीले धेरै काम गरेको उदाहरण रहेकाले अभियान सफल हुने वैद्यको विश्वास छ ।
संयोजक वैद्यका अनुसार भ्रमण वर्षको सुरुआत यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा नेपाल, भारत र चीनका महिलालाई सगरमाथा आरोहणमा पठाएर सफलता पनि पाइयो । जसले एउटा दरिलो सन्देश दिएको छ । अहिले संसारकै बढी पर्यटनमा प्रगति गरेका यिनै दुई मुलुक हुन् तिनैलाई केन्द्रित गरेर प्रवद्र्धनात्मक गतिविधि बढाइएको छ ।
पाँच प्राथमिकता
भ्रमण वर्ष अभियानले विशेषगरी पाँच कुरा ‘कल्चर’, ‘एडभेन्चर’, ‘स्प्रीचुवल’, ‘वाइल्डलाइफ’ र ‘माइस टुरिज्म’लाई प्राथमिकता दिएको संयोजक वैद्यले बताउनुभयो । काठमाडौँ, पोखरा, चितवन र अन्नपूर्ण संरक्षण क्षेत्रमै केन्द्रित पर्यटनलाई विस्तार गरी नयाँ गन्तव्यको प्रवद्र्धनलाई पनि जोड दिइएको छ ।
पर्यटनमा विदेशी लगानी भित्र्याउन पर्यटन लगानी सम्मेलन आयोजना गर्ने योजना छ । त्यस्तै, पर्यटकीय पूर्वाधार र सेवा गुणस्तर अभिवृद्धिजस्ता कामलाई पनि अघि बढाइएको छ । हरेक मुलुकमा भ्रमण वर्षकोे सद्भावना दूत बनाउने काम सुरु भइसकेको संयोजक वैद्यले बताउनुभयो ।
भ्रमण वर्षको सन्दर्भमा ‘नेपाल टुरिज्म एक्सिलेन्स अवार्ड’ आयोजना गरिनेछ । आगामी नोभेम्बर महिनामा भारतको नयाँदिल्लीमा नेपाल महोत्सव र चीनको साङ्घाईमा पनि नेपाल प्रदर्शनी आयोजना गर्ने योजना छ । रात्रिकालीन काठमाडौँ, जनकपुरमा ‘वल्र्ड अफ ओमन’ र कर्णालीमा संसारकै लामो ¥याफ्टिङ गरिनुका साथै हिमालदेखि तराईसम्मका विविध जाति तथा समुदायको संस्कृति झल्कने कार्यक्रम आयोजना गरिने संयोजक वैद्यको भनाइ छ । त्यस्तै, ‘माउण्टेन बाइकिङ’, ‘होमस्टे’, ‘टेम्पल्स डे’ जस्ता कार्यक्रम गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *