भर्खरै :

नगरस्तरीय किसान भेला

भक्तपुर, ४ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा शनिबार नगरस्तरीय कार्यकर्ता भेला गरी भ्रष्टाचारविरोधी आन्दोलन विषयमा प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपा जिल्ला समिति भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोजूले पार्टी देश र जनताको निःस्वार्थ सेवा भावले निरन्तर सङ्घर्षरत रहेको उल्लेख गर्दै छलछाम गर्ने देशघाती, विदेशी दलालका नेता तथा कार्यकर्ताहरूदेखि सचेत र सतर्क रही जनतालाई सत्यतथ्य कुरा बताउनुपर्छ भन्नुभयो ।
गुठी विधेयकका केही प्रावधान किसानहरूको पक्षमा रहेको चर्चा गर्दै उहाँले जाली झेली मठाधीशहरूको बहकाउमा सरकारले विधेयक फिर्ता लिएर सामन्ती तथा पुँजीपति वर्गको पक्षपोषण गरेको प्रस्ट पार्नुभयो ।
विषादीयुक्त तरकारी तथा फलफूल परीक्षण नगरी निर्णय फिर्ता लिएर आफै बोक्सी आफै धामी भएको उहाँले प्रस्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गोविन्द दुवालले किसान आन्दोलनबाटै पार्टीको स्थापना भएको बताउनुभयो । जनविरोधी सरकारी नीतिको विरोध गर्दै उहाँले देशको अहितमा बनाइएको विदेशीलाई नागरिकता दिने व्यवस्था खारेज गर्न र सीमा नियमन गर्न नेमकिपाले जोड दिइरहेको प्रस्ट पार्नुभयो ।
आयोजक समितिका अध्यक्ष नारायणभक्त न्हेम्हाफुकीको सभापतित्वमा भएको सो भेलाले उहाँकै संयोजकत्वमा चाँगुनारायण दोस्रो नेक्राकिसङ्घ नगर सम्मेलन तयारी समिति गठन ग¥यो ।
कार्यक्रममा नारायणभक्त न्हेम्हाफुकी, कमला गिरी, सूर्यबहादुर फोजू र गणेशराम सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *