भर्खरै :

चार जना पक्राउ

भक्तपुर, ५ साउन (रासस) : महानगरीय प्रहरी वृत्त थिमिको टोलीले नक्कली ब्लुबुक र चोरीको मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ का १९ वर्षीय बालकृष्ण विश्वकर्मा, काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–५ का १९ वर्षीय राकेश लामा, सोही ठाउँका २१ वर्र्षीय फुर्साङ लामा र तिमाल–९ का २४ वर्षीय दावा लामा रहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिनुभयो । उनीहरु मोटरसाइकलको नक्कली ब्लुबुकसहित पक्राउ परेका हुन् ।
यस्तै प्रहरीले मध्यपुरथिमि–१ लोकन्थलीबाट हराएको बा ७ प ५४७१ नं को मोटरसाइकलसहित गाईघाट घर भई हाल ललितपुरको टिकाथली बस्ने १९ वर्षीय दीपक थापामगर र सिन्धुपाल्चोक तौथली घर भई हाल ललितपुरको टिकाथली बस्ने २१ वर्षीय कुमार नेपाललाई पक्राउ गरेको छ ।
यसैगरी प्रहरीले मध्यपुरथिमि–४ क्षयरोग अस्पताल नजिकबाट बा १ ख ८९१० नं को बसमा यात्रुको झोला लुटेर भाग्दै गरेका ओखलढुङ्गाको चम्पादेवी–१ का २१ वर्षीय गोपाल कार्कीलाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *