गैरदलीय स्थानीय तहको निर्वाचन गर्ने विषय अनुपयुक्त
- असार १४, २०८३
काठमाडौँ, ५ साउन । सत्तासीन नेकपाले आइतबार ७७ वटै जिल्लामा इन्चार्ज र सह–इन्चार्ज टुङ्गो लगायो । मङ्गलबार विभिन्न केन्द्रीय विभागको जिम्मेवारी विभाजन गरिने बताइएको छ । ‘साङ्गठनिक एकीकरण प्रक्रिया’ टुङ्गो लगाउन बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको बताइयो । तर, विभिन्न गुट र समूहबीचको पदीय भागवण्डा नै नेकपाको एकताको मूल आधार देखिएको छ । यसअघि जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो लगाउँदा अध्यक्ष पूर्व एमालेको, सचिव पूर्वमाओवादीको अनि अध्यक्ष पूर्वमाओवादीको भए सचिव पूर्वएमालेबाट राखेर भाग मिलाइएको थियो । आइतबार इन्चार्ज र सहइन्चार्जको भागवण्डाको आधार पनि नेकपाभित्रका विभिन्न गुट र समूहबीच भागवण्डामा आधारित रहेको प्रस्ट छ ।
नेकपामा मिसिएका प्रमुख दुई दल एमाले र माओवादीबीच विभाजन रेखा अझ पनि उत्तिकै गाढा छ । एमाले त्यसै पनि गुटै गुटको गठबन्धन थियो । ती पूर्व गुटहरू अझै सक्रिय छन् । ओली र माधव नेपाल गुटबीचको विभाजन खाडल अझ गहिरो बनेको छ । पूर्वमाओवादीभित्र पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाका अलग्ग–अलग्ग गुट अझै कुनै न कुनै रूपमा कायम छन् । यसरी गुटै गुट मिलेर बनेको नेकपा एउटा राजनीति दलभन्दा सत्ता सञ्चालन गर्न बनेको मोर्चाबन्दीजस्तो बनेको छ ।
आज यी सबै गुट एकै ठाउँमा बस्न सकेको एउटै सेतु सम्बन्ध भनेको सत्ता हो । सत्ताकै कारण आज नेकपाको एकता यहाँ पुगेको हो । सत्ताकै कारण यो गठबन्धन टिकेको छ र सत्ताकै झगडाको कारण एउटा समयको मोडमा यसको विभाजन अवश्यम्भावी छ । सिद्धान्त र विचारधाराको आधारमा नटिकेको गठबन्धन सिद्धान्तहीनताकै कारण बिसर्जन हुने गर्दछ । सत्ता अनित्य हो । सत्ताको पहुँच र नियन्त्रण खुकुलो बनेसँगै नेकपाको एकता पनि क्रमशः खुकुलो बन्दै जाने हो ।
नेकपा नेतृत्वको सरकारले पछिल्ला महिनामा एकपछि अर्को गरेका गल्तीका कारण यसले लोकप्रियता गुमाएको मात्र छैन, कार्यकर्ता पङ्क्तिबीच पलाएको उत्साह सेलाउँदै गएको छ । हिजो विपक्षीलाई पछार्न प्रयोग गरिएको ऊर्जा आज आफ्नै दलभित्रका गुट उपगुटलाई पछार्न खर्च भइरहेको छ ।
नेकपा आजको अवस्थामा थप विचारहीन दलमा परिणत भएको छ । कम्युनिस्ट आन्दोलनभित्रको संशोधनवादी लाइनका पनि केही मूलभूत विचार हुने गर्दछ । नेकपा आज संशोधनवादका आधारभूत सिद्धान्तप्रति समेत इमानदार छैन । संशोधनवादीले पनि आफ्ना हरेक कदम र निर्णयको सैद्धान्तिक व्याख्या गरेको हुन्छ । तर, नेकपा सरकारले आज आफ्ना कुनै पनि निर्णयको आफ्नो लक्ष्यको सापेक्षमा व्याख्या गर्न सकेको छैन । नेकपाको केन्द्रीयदेखि स्थानीय तहसम्मको नेतृत्वलाई घेराबन्दीमा राखेको दलाल पुँजीपति वर्गका कारण उनीहरूले न आफ्ना निर्णयको प्रस्ट व्याख्या गर्न सकेका छन्, न बचाउ नै ।
सोभियत सङ्घको पतनको मूल आधार त्यहाँको पार्टीले आफ्नो वर्गीय आधार र पक्षधरतालाई त्याग्नु थियो । जुन वर्गको लागि लड्न भनी समाजवाद स्थापना भएको थियो, त्यहाँको पार्टीले त्यही वर्गलाई त्यागेपछि समाजवाद ढल्नुको विकल्प थिएन । समाजवाद र शान्ति शासकको शासन गर्ने हतियारमात्र बन्दा समाजवादका पहरेदार वर्ग उपेक्षामा परे । फलतः ठूलो बलिदानले बनेको सोभियत समाजवादी सत्ता ढल्यो । यद्यपि यसका अन्तर्राष्ट्रिय कारण पनि थिए नै ।
नेकपाको लागि समाजवादी देखाउने दाँत भएको वास्तविकता ओली सरकारका निर्णय र गतिविधिबाट प्रस्ट भएको छ । ओली सरकारले व्यापक नेपाली श्रमजीवी वर्गको हितमा अहिलेसम्म कुनै निर्णय गरेन । समाजवादी सरकारले गर्ने आधारभूत कामको सफल कार्यान्वयन गर्न यो सरकार असफल भयो । ओली सरकारको यो असफलको मूल जड भनेको नेकपाको वैचारिक अस्पष्टता हो । लोकप्रियतावादी राजनीतिको मूल समस्या भनेको सिद्धान्तहीनता हो । सिद्धान्तहीनताले राजनीतिक दललाई स्वार्थको समूहमा परिणत गरेको हुन्छ ।
जो पानीसँग खेल्छ ऊ पानीमै मर्छ, जो आगोसँग खेल्छ ऊ आगोमै मर्छ । जुन दल सत्तामा आधारित भागशान्तिमा टिकेको हुन्छ, त्यो दलको अन्त्य सत्ताकै स्वार्थका कारण हुने छ ।
Leave a Reply