तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
जुम्ला, ५ साउन । नेपाल मजदुर किसान पार्टी जुम्लाले ‘चीनविरुद्ध संयुक्त राज्य अमेरिकी व्यापार युद्ध’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम हालै सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले संरा अमेरिकी साम्राज्यवादविरुद्ध चीन नझुक्ने स्पष्ट पार्दै हरेक क्षेत्रमा अमेरिकालाई पछाडि पार्ने योजनासहित चीन अगाडि बढिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “व्यापार युद्धले अन्य देशहरूलाई पनि प्रभाव पार्ने भएकोले सबै देश मिलेर संरा अमेरिकीविरुद्ध सङ्घर्ष गर्नु आवश्यक छ ।”
नेमकिपा जुम्लाका अध्यक्ष हेमलाल डाँगीले चीनको आर्थिक उन्नतिलाई रोक्ने दृष्टिकोणले छेडिएको व्यापार युद्धले संरा अमेरिका आफैलाई घाटा पर्ने चर्चा गर्नुभयो ।
कार्यक्रममा राजेश्वर देवकोटा, यज्ञबहादुर बुढथापा, मुनिनाथ योगी, पूर्णलाल खत्री र लालबहादुर बुढाले पनि बोल्नुभएको थियो ।
Leave a Reply