भर्खरै :

कैलाली भन्सार कार्यालयको लक्ष्त्न्दा कम राजस्व सङ्कलन

–लक्ष्मी पोखरेल
धनगढी, ६ साउन । कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ ।
आ.व. २०७४÷७५ मा लक्ष्यभन्दा झन्डै ८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको कैलाली भन्सार कार्यालयले आ.व. २०७५÷०७६ मा आफ्नो लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेको देखिन्छ । आ.व. २०७५÷७६ मा राजस्व सङ्कलनको लक्ष्य ५ अर्ब २२ करोड १३ लाख ४६ हजार रुपैयाँ रहेकोमा ५ अर्ब १९ करोड ७५ लाख १९ हजार राजस्व सङ्ककलन गरेको छ । सो सङ्कलन गरिएको राजस्व लक्ष्यभन्दा २ करोडले कम देखिन्छ ।
कैलाली भन्सार कार्यालयका सूचना अधिकृत गोपीकृष्ण उप्रेतीका अनुसार २ वटा छोटी भन्सार अलग्ग भएकोले आफूहरूले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेको हो ।
कैलाली भन्सार कार्यालयबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । त्यसपछि दालमोठलगायतका खाद्यान्न आयात भएको हो । भन्सार कार्यालयबाट २०७५÷७६ मा २१ अर्ब ६३ करोड मूल्यको मालसामान आयात हुँदै ५ अर्ब १९ करोड राजस्व सङ्कलन भएको सूचना अधिकृत उप्रेतीले जानकारी दिनुभयो । भन्सार कार्यालयबाट २१ अर्ब ६३ करोडको आयात हुँदा निर्यात भने ७८ करोड ७२ लाख देखिएको छ । स्वदेशबाट निर्यात हुने वस्तुमा कथ्था, कच, टर्पेनटाइन आयल र रोजीन रहेको र अन्य वस्तुहरू निर्यात नभएको उहाँले बताउनुभयो ।
कैलाली भन्सार कार्यालयबाट बर्सेनि खाद्यान्न पनि आयात भइरहेको चामल, मकै र गहुँ २ अर्ब २८ करोड ३८ लाख मूल्यको खाद्यान्न आयातबाट १२ करोड २० लाख राजस्व सङ्कलन भएको छ । ६५ हजार ३ सय ३६ मेट्रिक टन तरकारीबाट ४ करोड ७४ लाख राजस्व सङ्कलन भएको छ । त्यस्तै ३० करोड ७२ लाख ७४ हजार ५ सय २२ मेट्रिक टन फलफूल आयात हुँदा ३ करोड राजस्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकृत उप्रेतीले जानकारी दिनुभयो ।
लक्ष्यअनुसारको राजस्व सङ्कलन नभए पनि लक्ष्यको नजिक पुगेको भन्सार कार्यालयका सूचना अधिकृतको दाबी छ । चालू आर्थिक वर्ष २०७६÷७७ मा ६ अर्ब ७० करोड राजस्व सङ्कलनको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *