भर्खरै :

प्रजग कोरियाले बनायो पनडुब्बी

प्योङयाङ, ७ साउन (रासस-सिन्ह्वा) प्रजग कोरियाली नेता किम जोङ उनले हालै निर्माण गरिएको पनडुब्बीको निरीक्षण गर्नुभएको छ ।
प्रजग कोरियाली समाचार संस्था (केसिएनए) का अनुसार नयाँ निर्माण गरिएको पनडुब्बीले पूर्वी कोरियाली समुद्रमा सेवा गर्नेछ । यो पनडुब्बीलाई चाँडै प्रयोगमा ल्याइने पनि केसिएनएले जनाएको छ ।
केसिएनएका अनुसार किमले प्रजग कोरियाको सैनिक क्षमता सुदृढ गर्न पनडुब्बीको निर्माणले महत्वपूर्ण योगदान पु¥याएको भन्दै पनडुब्बी निर्माणमा संलग्न सबैलाई धन्यवाद दिनुभयो ।
नेता किमले प्रजग कोरियाको प्रतिरक्षा उद्योगको तिब्र विकासमा शक्तिशाली पनडुब्बी निर्माणले अर्को कोशेढुंगा पार गरेको पनि बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *