भर्खरै :

नेक्राविसङ्घ कैलालीको भेला सम्पन्न

कैलाली, ६ साउन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ कैलाली जिल्ला समितिको आयोजनामा सोमबार विद्यार्थी भेला भयो ।
भेलामा नेमकिपा कैलाली अध्यक्ष रमेश रावलले भारतबाट विषादीयुक्त तरकारी आयात भइरहेको नेपाल सरकारलाई जानकारी हुँदा हुँदै केही गर्न नसक्नुले ओली सरकार भारतसामु लाचार रहेको प्रमाणित गर्छ भन्नुभयो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे विद्यार्थीहरू जानकार हुनुपर्ने आवश्यकता औल्याउँदै उहाँले सत्यको पक्षमा निःस्वार्थपूर्वक लाग्ने भावनासाथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नेक्राशिसङ्घ कैलालीका संयोजक गुप्तबहादुर शाहीले विद्यार्थीहरू समाजसँग परिचित भई अगाडि बढ्नुपर्छ भन्नुभयो । आयोजक समितिका अध्यक्ष तिलक सिजापतिको सभापतित्वमा भएको कार्यक्रममा हिक्मत भण्डारीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *