भर्खरै :

मजदुुर–किसान नायक भएको साहित्य जनताको साहित्य

 
भक्तपुर, ११ साउन ।
भक्तपुर नगरपालिकाले आउन लागेको गाईजात्रा पर्व (सापारू) मा जनचेतनामूलक गीत, ख्याल, नाटक लेखन तयार गर्ने उद्देश्यले लेखक, कवि र कलाकारहरूको भेला शनिबार आयोजना ग¥यो ।
आदर्शोन्मुख समाज स्थापनामा प्रगतिशील कवि, लेखक र कलाकारहरूको महत्वपूर्ण देन हुने उद्देश्यले आयोजित सो भेलामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सामन्ती समाजमा साहित्यलाई राजनीतिक हतियारको रूपमा उपयोग गरेको चर्चा गर्दै बहुमत जनताको प्रतिनिधित्व गर्ने मजदुर र किसानलाई नै नायक–नायिका बनाएर लेखेको साहित्य जनताको साहित्य हुने विचार व्यक्त गर्नुभयो ।
समाजवादी क्रान्तिको पक्षमा लेखिएको साहित्य जनताको घर–आँगनमा सबभन्दा बढी प्रचार भएको स्मरण गर्दै अध्यक्ष रोहितले दुःख–पीडा दिनेको विरोध गर्ने र सुखको तारिफ गर्ने संसारकै नियम हो भन्नुभयो ।
साहित्यले चालै नपाइकन जनताको सेवामात्र होइन भड्काउने काम पनि गरिरहने यो वर्गीय समाजमा उहाँले साम्राज्यवादी अमेरिकाले समाजवादी व्यवस्था समाप्त गर्न अनेक षड्यन्त्र, जालझेल र चलखेल गरिरहनेतर्फ लेखक, कवि र कलाकारहरूको ध्यानाकर्षण गर्नुभयो ।
साम्राज्यवादी एवम् शक्तिशाली देश अमेरिकाको प्रभाव संसारमा अन्त्य हुने चिन्ताले नै अमेरिकाले चीनसँग झगडा गराउने षड्यन्त्र गरिरहेको उल्लेख गर्दै अध्यक्ष रोहितले राष्ट्रवादी र हिन्दूको नारा दिएर मोदी अगाडि आएको बताउनुभयो ।
धर्म, भाषा र जातको आधारमा राजनीति गर्नु सङ्कीर्ण सोच हो, यसमा बलियो पक्षले कमजोर पक्षलाई दबाउने हुँदा वर्गीय राजनीति गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “धर्म र जनताको आधारमा राजनीति गरेको भारतमा फासीवाद निम्तिने सम्भावना छ ।”
नेपालमा हिन्दू राष्ट्रको नारा दिएर नेपाली–नेपाली जुधाउनेतर्फ विदेशी शक्ति राष्ट्रको चलखेल भइरहेको उल्लेख गर्दै अध्यक्ष रोहितले अन्धविश्वासविरूद्ध सचेतना अभियानमा कवि, कलाकार र लेखकहरूको महत्वपूर्ण योगदान हुन्छ भन्नुभयो ।
“नेता, मन्त्री, सांसद तथा जनप्रतिनिधिहरूको कमी–कमजोरी औँल्याएर सुधार्न सके यसले देश र जनताकै हित हुन्छ ।” उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कला र संस्कृतिमा धनी सहरको पहिचान राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा पु¥याउन र साहित्यमार्फत जनताको चेतनास्तर उठाउने ध्येयले भेलाको आयोजना गरेको बताउनुभयो ।

साहित्यले चालै नपाइकन जनताको सेवामात्र होइन भड्काउने काम पनि गरिरहने यो वर्गीय समाजमा उहाँले साम्राज्यवादी अमेरिकाले समाजवादी व्यवस्था समाप्त गर्न अनेक षड्यन्त्र, जालझेल र चलखेल गरिरहनेतर्फ लेखक, कवि र कलाकारहरूको ध्यानाकर्षण गर्नुभयो ।
साम्राज्यवादी एवम् शक्तिशाली देश अमेरिकाको प्रभाव संसारमा अन्त्य हुने चिन्ताले नै अमेरिकाले चीनसँग झगडा गराउने षड्यन्त्र गरिरहेको उल्लेख गर्दै अध्यक्ष रोहितले राष्ट्रवादी र हिन्दूको नारा दिएर मोदी अगाडि आएको बताउनुभयो ।

जनताले बुझ्ने भाषामा प्रस्तुत ख्याल, नाटक र गीतले जनताको सांस्कृतिक स्तर उठ्ने विश्वास व्यक्त गर्दै प्रमुख प्रजापतिले जनताको सेवा गर्ने साहित्य विधामा लेखक, कवि र कलाकारहरूको सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
सोही भेलामा जनकवि चन्द्रबहादुर उलकले साहित्यको उद्देश्य बहुमत जनताको सेवा गर्ने र समाज परिवर्तन गर्ने हुनुपर्छ भन्नुभयो । जनताको मन छोएको या मन परेको साहित्य नै जनताको साँचो साहित्य हुने उल्लेख गर्दै जनकवि उलकले भन्नुभयो, “लेखकले पुँजीपति वर्गको होइन सर्वहारा वर्गीय दृष्टिकोण राख्ने साहित्य र गीत लेख्नुपर्छ ।”
नेपालभाषा साहित्य तःमुंज्याका संस्थापक अध्यक्ष कान्छा बासुकलाले बहुसङ्ख्यक जनतालाई परेको दुःख र वेदनाबारे साहित्य लेख्दा त्यो प्रिय र अन्तसम्म स्मरणीय भइरहने बताउनुभयो ।
उहाँले भन्नुभयो, “व्यक्तिगत रमझम गर्न होइन सामूहिक सेवा गर्न साहित्य र गीत लेख्नुपर्छ, जनताको पीडाबोध नभएको साहित्य एकक्षण लोकप्रियजस्तो भए पनि पछिसम्म स्मरणीय हुँदैन ।”
सुपरिचित कलाकार आशाकाजी थकूले कवि, कलाकार र लेखकको उद्देश्य बहुजन हिताय, बहुजन सुखाय नै हुनुपर्छ भन्नुभयो ।
भेलामा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र भनपाका प्रशासकीय अधिकृत यामलाल अधिकारीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *