भर्खरै :

भक्तपुर बारको निर्वाचन सम्पन्न

भक्तपुर, ११ साउन ।
कानुन व्यवसायीहरुको संगठन नेपाल बार एसोसियशन भक्तपुर जिल्ला अदालत एकाईको नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसियशनको प्यानल विजयी भएको छ । नेपाल मजदुर किसान पार्टीको पेशागत संगठन कानुन अध्ययन समाज, नेका निकट डेमोक्रेटिक लयर्स एसोसियशन र नेकपा निकट नेशनल लयर्स एसोसियशनबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो ।
कानुन अध्ययन समाजको तर्फबाट नेतृत्व गरेका अध्यक्ष उम्मेदवार राधेश्याम सुवालले १५, सदस्य गम्भिरमान ज्याख्वले २१, न्हुछेराम सिबञ्जारले १३ र पार्षदउम्मेदवार विष्णु प्रसाद सुवालले २३ मत प्राप्त गर्नु भएको थियो भने विजयी डेमोक्रेटिक लयर्स एसोसियशनका अध्यक्ष उम्मेदवार रविन्द्र प्रधानले ९५ मत र उनका
निकटतम प्रतिद्वन्दी नेशनल लयर्स एसोसियशनका अध्यक्ष उम्मेदवार रामभक्त सुवालले ४१ मत प्राप्त गर्नुभयो । कूल १७० मतदाता रहेको भक्तपुर जिल्ला अदालत बार एसोसियशनमा कूल १५८ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *