तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
जुम्ला, १५ साउन । नेपाल क्रान्तिकारी युवा सङ्घ जिल्ला कार्य समिति जुम्लाको छैटौँ जिल्ला सम्मेलन मङ्गलबार र बुधबार जिल्ला सदरमुकाम जुम्लामा सम्पन्न भयो ।
सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले समाजवादी आन्दोलनको नेतृत्व नेमकिपाले गर्ने बताउँदै यस आन्दोलनलाई युवाहरूले नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादलाई समाजवादी गणतन्त्रको आन्दोलनले कमजोर बनाउने चर्चा गर्दै भेनेजुयलामा अमेरिकी साम्राज्यवादले हार्नुपरेको प्रमाण ताजा रहेको स्पष्ट पार्नुभयो ।
“युवा शक्तिले विगतदेखि आन्दोलनमा साथ दिँदै आएको छ । आगामी आन्दोलनमा पनि युवाले विजय पाउने निश्चित छ ।” उहाँले भन्नुभयो ।
नेमकिपा जुम्ला जिल्ला अध्यक्ष शिवलाल डाँगीले युवा शक्ति देशको खम्बा भएको उल्लेख गर्दै विषादीयुक्त खाद्यपदार्थ चेकजाँच नगरी नेपाल भित्याएर जनतालाई रोगी बनाउने काम भारतले गर्दै आएको जानकारी हुँदा हुँदै नेपाल सरकारले रोक्न नसक्नु लाचारीपन नै हो भन्नुभयो ।
नेपाली जनताले आत्मनिर्भरमूलक अर्थतन्त्र अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “दशगजामा भारतद्वारा निर्मित बाँध र तटबन्धका कारण नेपाली जनताले दुःख–कष्ट भोग्नुपरेका छन् । यसको दोषी सरकारमा जाने पार्टीहरू नै हुन् ।”
कार्यक्रममा माधव काफ्ले, पूर्णलाल खत्री, राज्यलक्ष्मी न्यौपाने, विर्ष नेपाली, विर्षबहादुर रावत, कालीबहादुर बुढालगायतले बोल्नुभएको थियो ।
सम्मेलनले लालबहादुर बुढाको अध्यक्षतामा १५ सदस्यीय नेक्रायुसङ्घ जुम्ला जिल्ला समिति गठन गरेको छ ।
Leave a Reply