ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
– हरि बाँस्तोला
काठमाडाँ, १५ साउन । सङ्घीयताको भावना र सामुदायिक वन अभियानको मर्मविपरीत प्रस्तावित कर फिर्ताको माग गर्दै सामुदायिक वन उपभोक्ता महासङ्घले देशव्यापीरूपमा चरणबद्ध आन्दोलन गर्ने भएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहले छुट्टाछुट्टै गरी वन पैदावार बिक्रीबाट हुने कुल आम्दानीको ९० प्रतिशत कर लिने सरकारको प्रस्तावको विरुद्धमा महासङ्घ आन्दोलनमा उत्रन बाध्य भएको हो ।
नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, आर्थिक ऐन र तत् सम्बन्धित प्रदेशमार्पmत प्रस्तावित विधेयकमा सङ्घीय सञ्चित कोषमा १५, प्रदेश र सेवा शुल्क सञ्चित कोषमा २७ प्रतिशत छुट्याउनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै स्थानीय तहको सञ्चित कोषमा १०, मूल्य अभिवृद्धि कर १३ र उपभोक्ता समूहको बचत रकममा आयकर २५ प्रतिशत कर लगाउने नीतिप्रति महासङ्घको आपत्ति रहेको महासङ्घ कास्की अध्यक्ष विश्वनाथ लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार समूहले व्यापारिक प्रयोजनको लागि समूहबाहिर बिक्री गरेको काठ र दाउराबाट प्राप्त गरेको रकमको १५ प्रतिशत रकम वन पैदावार शुल्कका रूपमा ‘सङ्घीय विभाज्य कोषमा’ जम्मा हुने व्यवस्था गरी उक्त रकम तीनै तहका सरकारबीच बाँडफाँटको व्यवस्था गर्नुपर्नेमा महासङ्घको माग रहेको छ ।
नेपालको हरियाली प्रवद्र्धन तथा सामाजिक आर्थिक सशक्तीकरण गर्न र समावेशी लोकतन्त्र स्थापना, सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै लामिछानेले सामुदायिक वन उपभोक्ता समूहमाथि सङ्घ र प्रदेश सरकारले वन तथा अर्थसम्बन्धी विभिन्न नयाँ कानुन तर्जुमा गरेर सामुदायिक वनको योगदानलाई अवमूल्यन गरेको बताउनुभयो ।
वन विकास गुरुयोजना, २०४७ तथा वन ऐन, २०४९ ले गरेको व्यवस्थाअनुसार स्थानीय वन उपभोक्ता समूहले सामुदायिक वनको माध्यमबाट हैसियत गुमेका र खाली जमिनलाई हराभरा बनाउन योगदान पु¥याउँदै आएको प्रेस विज्ञप्तिमा स्मरण गरिएको छ ।
कास्की जिल्लामा कुल ५०६ वटा सामुदायिक वनअन्तर्गत १९ हजार ५१५ हेक्टर वन क्षेत्र व्यवस्थापन भइरहेको र जसमा ४६ हजार ३५५ घरधुरीका चार लाख ६३ हजार ५५५ जनसङ्ख्या संरक्षण संवद्र्धन र सदुपयोग गर्दै आएको महासङ्घ जिल्ला सचिव पार्वती सुवेदीले जानकारी दिनुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीका अनुसार सगरमाथा, गौतम बुद्धसँगै सामुदायिक वनको देशको रूपमा परिचित गराउन सफल नेपालमा ४५ प्रतिशत वन क्षेत्र बनाउन सामुदायिक वन समूहको महत्वपूर्ण योगदान गरेको हो ।
वन विकास, प्रवद्र्धनसँगै समानुपातिक उपयोगका साथै वातावरणीय र भूमाफियाबाट जमीनको समेत संरक्षण गर्दै आएको सामुदायिक वन समूहले कुल आम्दानीबाट २५ प्रतिशत वन विकासमा, ३५ प्रतिशत गरिब तथा विपन्नको जीविकोपार्जनमा र ४० प्रतिशत सामाजिक विकासमा खर्च गर्दै आएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका सचिव ठाकुर भण्डारीले जानकारी दिनुभयो ।
मुलुकमा २२ हजार २०६ सामुदायिक वन समूहमा डेढ करोडभन्दा बढी उपभोक्ता आबद्ध रहेका छन् ।
Leave a Reply