Search

Online Majdoor
४ जेष्ठ २०८३, सोमबार
भक्तपुर, Bhaktapur, Nepal
युनिकोड
Online Majdoor
May 18, 2026
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • विचार
  • साहित्य
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • English
  • अन्य
    • कला–मनोरञ्जन
    • खेलकुद
    • पाठक विचार
    • शिक्षा
    • समाचार
भर्खरै :
बुधबारदेखि अन्तरवडा फुटसल प्रतियोगिता हुने | राष्ट्रिय ज्ञानमाला सङ्घ नेपालको प्रथम स्थापना दिवस सम्पन्न | सीपमूलक तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण कार्यक्रम | जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – १७ | ट्रम्पले अचानक किन खोजे सीको साथ ? | देश जोगाउन र बनाउन युवा तयार हुनुपर्ने |

चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा

  • श्रावण १७, २०७६
  • अन्तर्राष्ट्रिय विशेष

वासिङ्टन, १७ साउन (रासस÷एएफपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गर्नुभएको छ ।
चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुनेगरी करवृद्धिको घोषणा गर्नुभएको हो ।
राष्ट्रपति ट्रम्पले चीनले तत्काल कुनै कदम नचाले १० प्रतिशत करवृद्धिलाई अझ बढाउने चेतावनी पनि दिनुभएको छ । अमेरिकी घोषणासँगै विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच भइरहेको करिब ६६० अर्ब अमेरिकी डलर बराबरका आयात–निर्यातमा करवृद्धि भएको छ अर्थात् यो निर्णयबाट दुबै देशबीचको सम्पूर्ण कारोबारमा अब करवृद्धि हुनेछ ।
यसअघि नै अमेरिकाले करिब २५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गरिसकेको छ । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग भन्नुभयो, “अहिलेको १० प्रतिशत पनि छोटो अवधिका लागि हो, र यो बढ्ने वा घट्ने कुरा चीनमा निर्भर छ । विश्वसनीय सम्झौता नभए यसलाई २५ प्रतिशतसम्म बढाइने छ ।”
चीन र अमेरिकाबीच यसै साता शाङ्घाईमा प्रत्यक्ष व्यापार वार्ता पुनः शुरु भएको छ । अर्को चरणको वार्ता वासिङ्टनमा सेप्टेम्बरको पहिलो साता हुनेछ । आसियान बैठकमा भाग लिन हाल बैंककमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले आर्थिक तथा व्यापारिक समस्या सुल्झाउन करवृद्धिको अस्त्र रचनात्मक समाधान होइन भन्नुभयो ।
चीनले अमेरिकी निर्णयको प्रतिवाद के कसरी गर्नेछ भन्ने स्पष्ट भएको छैन । तर चीनले हालै अमेरिकी प्रविधि उद्योगका लागि अति आवश्यक सामानको निर्यातमा कडाई गर्ने वा रोक्ने तथा अमेरिकी कम्पनीलाई कालोसूचीमा राख्ने सङ्केत दिएको थियो । ट्वीटर मार्फत आफ्नो निर्णय सार्वजनिक गर्नुभएका राष्ट्रपति ट्रम्पले अमेरिकाबाट ठूलो परिमाणमा चीनले अमेरिकी कृषिजन्य सामान खरिद गर्ने प्रतिबद्धता व्यक्त गरे पनि त्यसो नगरेको भन्दै आक्रोश पोख्नुभएको थियो ।
राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “त्यसबाहेक, मेरा मित्र राष्ट्रपति सीले संयुक्तराज्य अमेरिकामा फेन्टानाइल (लागूपदार्थ) बिक्री रोक्ने बताउनुभएको थियो, तर त्यो कार्यान्वयनमा कहिल्यै आएन । त्यही फेन्टेनाइलका कारण धेरै अमेरिकीहरुको ज्यान जाँदैछ ।” अमेरिकी पछिल्लो निर्णयसँगै विश्व बजार तरङ्गित भएको छ । वाल स्ट्रिट, डाउ जोन्स, सिंगापुर, हङकङ र टोकियो समेतका प्रमुख शेयर बजारहरुमा कारोबार घटेको छ । 
Previous Post
तरकारी बाली सुक्न थालेपछि किसान चिन्तित
Next Post
नवदुर्गालाई खमे चढाउनेको सङ्ख्या बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन

  • जेष्ठ ३, २०८३
रुस–युक्रेनबिच युद्धबन्दी साटासाट

रुस–युक्रेनबिच युद्धबन्दी साटासाट

  • जेष्ठ १, २०८३
मध्यपूर्व द्वन्द्व समाधानका लागि चीनको सहयोग स्वागत गरिने : इरानी विदेशमन्त्री

मध्यपूर्व द्वन्द्व समाधानका लागि चीनको सहयोग स्वागत गरिने : इरानी विदेशमन्त्री

  • जेष्ठ १, २०८३
युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग

युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग

  • बैशाख २८, २०८३

Categories

  • English
  • Uncategorized
  • अन्तरसंवाद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अर्थ / वाणिज्य
  • एकक्षण
  • कला–मनोरञ्जन
  • कविता
  • कार्टून
  • खेलकुद
  • गतिविधि
  • चुनाव विशेष
  • पाठक विचार
  • पुस्तक परिचय
  • प्रदेश
  • प्रेस वक्तव्य
  • राजनीति
  • विचार
  • विज्ञान प्रविधि
  • विशेष
  • विशेष समाचार
  • शिक्षा
  • समाचार
  • समाचार विश्लेष्ण
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य
Online Majdoor
  • Kamalbinayak-10, Bhaktapur, Nepal
  • 01-6619107
  • onlinemajdoor@gmail.com

हाम्रो बारे

देश र जनतामा समर्पित विचारप्रधान Online Majdoor Newsportal समाजको आमुल परिवर्तनको लागि स्थापना गरिएको गैरनाफामुखी सञ्चारमाध्म हो । अनलाइन मजदुर वि.सं. २०७३ माघ १० गते तद्अनुसार ई.सं. २०१६ जनवरी २३ बाट शुरुवात गरिएको हो ।

सम्पादक / संचालक

सुरेन्द्र राज गोसाइ
Mob. no : 9851131591

Category

  • English
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अर्थ / वाणिज्य
  • कला–मनोरञ्जन
  • कार्टून
  • खेलकुद
  • गतिविधि
  • चुनाव विशेष
  • पाठक विचार
  • प्रदेश
  • राजनीति
  • विचार
  • विज्ञान प्रविधि
  • विशेष
  • विशेष समाचार
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

Copyright © 2026 by onlinemajdoor.com. Developed by FnClick.