ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
– गौरव प्रधान
सच्चा कम्युनिस्ट पार्टीले सर्वहारा वर्गीय दृष्टिकोणअनुसार श्रमजीवी वर्गको प्रतिनिधित्व गर्छ, गर्नुपर्छ । तर, कुन दलले कसको प्रतिनिधि गरिरहेको छ भन्ने कुराको आधार कुनै नेता र मन्त्रीको अभिव्यक्ति र राजनीतिक प्रतिवेदनमात्र होइन । दलको नाम कम्युनिस्ट हुँदैमा दलको उद्देश्य या मार्गनिर्देशक माक्र्सवाद र लेनिनवाद हुँदैमा त्यस्तो दललाई आँखा चिम्लेर कम्युनिष्ट मान्न सकिँदैन । जसरी कुनै व्यक्तिको नाम विद्यासागर हुँदैमा विद्या हुँदैन, वीरबहादुर हुँदैमा वीर हुँदैन, धनबहादुर हुँदैमा धनी हुँदैन त्यसरी नै कम्युनिस्ट राख्दैमा कम्युनिस्ट हुँदैन । कुनै कम्युनिस्ट पार्टीले आफ्नो मार्गनिर्देशक माक्र्सवाद लेनिनवाद राखेपछि र दलको राजनीतिक प्रतिवेदनमा नेपाली सर्वहारा श्रमजीवी वर्गको कुरा उल्लेख गरेपछि सोहीअनुसार दलले राजनीतिक गतिविधि अघि बढाउनुपर्छ, तद्नुकूलको व्यवस्था ल्याउन जनतामाझ सैद्धान्तिक र वैचारिक विचार पु¥याउनुपर्छ ।
कम्युनिस्ट पार्टीको स्थापनाको दिन, माक्र्स जन्मँदाको दिनमात्रै माक्र्सवाद र कम्युनिस्टको सिद्धान्त फुकेर नेपालको कम्युनिस्ट आन्दोलन अघि बढ्दैन, कम्युनिस्ट पार्टी बलियो हुँदैन । नेपालमा कम्युनिस्ट भनिने ठूला दलले कम्युनिस्टको सिद्धान्त र विचारमा अडिग भएर राजनीति नगर्नु हो । नेता र मन्त्रीहरूले विदेशीको अगाडि नेकपाको सरकार समाजवादको आधार निर्माण अघि बढिरहेको भने पनि व्यवहारतः त्यो देखिँदैन । श्रमजीवी वर्गको प्रतिनिधि गरेको भन्ने दुई अध्यक्ष भएको नेकपाले साँच्चै श्रमजीवी वर्गको निम्ति सरकारमा रहेर र नरहेर के गरिरहेको छ ? प्रश्न उठेको छ । यदि त्यस्तो कुनै काम गरिरहेको छैन, नीति नियम बनाइरहेको छैन भने त्यसलाई विश्वास गर्ने आधार देखिँदैन ।
कम्युनिस्ट पार्टीले कामदार वर्गको प्रतिनिधित्व गर्छ, उनीहरूको पक्षमा काम गर्छ । पुँजीवादी व्यवस्था अन्त्य गर्न शोषित पीडित जनतालाई सचेत र सङ्गठित गरिरहेको हुन्छ । कम्युनिस्टको नाउँ जोडेर पुँजीपति वर्गको पक्ष लिने र प्रत्यक्ष या अप्रत्यक्षरूपमा राज्यकोषमा रजाइँ गरिरहेको दल सच्चा कम्युनिस्ट पार्टी हुने छैन । भ्रष्टाचारको कारण डुबेका, घाटा भएका सरकारी उद्योग तथा संस्थानहरू कौडीको मूल्यमा बेचेर निजीकरण गरिँदैन । सार्वजनिक संस्थान डुब्नुको कारण नखोजी डुबाउने प्रबन्धक, महाप्रबन्धकहरूलाई कारबाहीको प्रक्रिया अघि नबढाई निजीकरण गर्ने काम कम्युनिस्ट पार्टीको होइन, हुँदैन । संस्थान डुबाउने, राजस्वको रकम खर्च गरेर घाटा पूर्ति गर्ने र कर्मचारी र मजदुरको लागि करोडौँ, अरबौँ रकम तिर्न बाध्य पार्ने काम कसरी सही हुन्छ ?
नेकपाको सरकारले त कम्युनिस्टको बखान गरेर संसारमै कम्युनिस्टको बेइज्जत गर्ने काम गरिरहेको छ । सरकारले वर्गसङ्घर्षको भावनालाई पूर्णतः तिलाञ्जली दिइसकेको छ, माक्र्सवाद र लेनिनवादको मार्गनिर्देश छोडेर कम्युनिस्टको सिद्धान्त र विचारलाई तोडमोड गरिरहेको छ । साम्राज्यवाद र विस्तारवादको विरोध नगर्ने, त्यस वादको पछि दगुर्ने दल सच्चा कम्युनिस्ट हुनैसक्दैन । अतः नेकपाले आफ्नो राजनीतिक प्रतिवेदनमा सर्वहारा श्रमजीवी वर्गको दलको रूपमा चिनारी दिनु छलछाम हो । यदि त्यो यथार्थ हो भने श्रमजीवी वर्गको पक्षमा नेकपा र नेकपाको सरकारले सोही मूल्य र मान्यताको आधारमा काम गर्नुपर्छ, जनतामाझ पुग्नुपर्छ र आमूल परिवर्तनको निम्ति पूर्वाधार तयार गर्नुपर्छ ।
Leave a Reply