अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
संयुक्त राष्ट्रसङ्घ, १८ साउन (सिन्ह्वा) । संयुक्त राष्ट्र सङ्घका लागि चिनियाँ आवासीय प्रतिनिधिले व्यापार तनाव समाधान गर्न अमेरिकालाई राष्ट्र सङ्घका लागि चिनियाँ आवासीय प्रतिनिधिले चीनले संयुक्त राष्ट्र सङ्घको भूमिकामा उच्च महत्व दिइरहेको र बहुपक्षवाद, राष्ट्र सङ्घकेन्द्रित अन्तर्राष्ट्रिय कानुन तथा प्रणालीमा आधारित परिपाटीको दृढ समर्थन गर्दै जाने कुरामा जोड दिनुभएको छ ।
शुक्रबार चाङ च्युनले राष्ट्र सङ्घको मुख्यालयमा प्रसिद्ध अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई संयुक्त अन्तर्वार्ता दिँदै भन्नुभयो, “चीन–संयुक्त राष्ट्र सङ्घ सहयोग, बेल्ट एन्ड रोड अवधारणा, चीन–अमेरिका व्यापार द्वन्द्व तथा हङकङ समस्यालगायत हिजो–आज ध्यानाकर्षण भएको विषयबारे चीनको प्रस्ट नीति छ ।”
उहाँले भन्नुभयो, “आफ्नो आधारभूत हित सम्बन्धमा चीन पछि हट्दैन र चीनले चाल्ने कदम आफ्नो हितको रक्षा गर्नुमात्र नभई खुला, पारदर्शी र सम्मानपूर्वक बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्नु हो ।”
चीनले व्यापार तनावबारे अमेरिकासँगको मतभिन्नतालाई समाधान गर्न चाहेको बताउँदै चाङले भन्नुभयो, “व्यापार विवादका सन्दर्भमा आपसी समानता र विश्वासका आधारमा पेइचिङ र वासिङ्टन अघि बढ्न सक्ने तर यसका लागि सेप्टेम्बर १ बाट लागू गर्ने भनी भएको अमेरिकी कर वृद्धिबारे घोषणाबाट अमेरिका पछि हट्नु वाञ्छनीय हुनेछ ।”
सुरक्षा परिषद्को स्थायी सदस्य भएको नाताले चीनले जिम्मेवार तथा रचनात्मक ठूलो मुलुकको भूमिका निर्वाह गर्दै खासगरी विकासोन्मुख मुलुक तथा अफ्रिकी मुलुकको शान्ति सुरक्षा संरक्षण क्षमतालाई बढाउँदै लाने उहाँले बताउनुभयो ।
चीनले जिम्मेवारी तथा रचनात्मक धारणा लिएर अन्तर्राष्ट्रिय समाज सहयोगले विश्वव्यापी चुनौतीको सामना गर्दै दिगो विकास २०३० को कार्यान्वयनलाई अघि बढाउँदै जाने छ । बेल्ट एन्ड रोडको प्रारूपमा संयुक्त राष्ट्र सङ्घसँगको सहयोगलाई गहन पार्नुका साथै चीनले विकासोन्मुख मुलुकको वैधानिक हक–अधिकारको दृढ समर्थन गर्दै जाने छ ।
अमेरिकाले सेप्टेम्बर १ देखि चीनबाट अमेरिकालाई निर्यात हुने ३ खर्ब अमेरिकी डलर बराबर उत्पादित वस्तुमाथि थप १० प्रतिशत भन्सार कर असुल्ने सार्वजनिक घोषणा गरेको प्रसङ्गबारे सोधिएको प्रश्नमा चाङलेले भन्नुभयो, “चीन–अमेरिका व्यापार विवाद कम गर्न अमेरिकाले चालेका कदम गलत भएको र यसका लागि अमेरिका ‘सही बाटोमा’ आउनुको विकल्प छैन ।” उहाँले हङकङ, सिन्च्याङ, तिब्बत तथा ताइवान समस्याको प्रयोग गरेर चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न छुट कुनै पनि मुलुकलाई नहुने भन्दै यसबारे ‘अनर्गल प्रचार’ रोक्न अमेरिका र उसका सहयोगी राष्ट्रहरूलाई आग्रह गर्नुभयो ।
हङकङ विशेष प्रशासनिक क्षेत्रले कानुनबमोजिम प्रभावकारी कदम चालेर हिंसात्मक गतिविधिलाई निस्तेज पार्दै सामाजिक स्थिरताको पुनःस्थापना गर्न केन्द्रीय सरकारले समर्थन दिँदै जान चाङले बताउनुभयो ।
Leave a Reply