भर्खरै :

सांस्कृतिक प्रस्तुतिको मूल्याङ्कन हुने

भक्तपुर, २० साउन । भक्तपुर नगरपालिकाले गत वर्षझैँ यस वर्ष पनि गाईजात्रा पर्व २०७६ को अवसरमा प्रस्तुत हुने घिन्ताङघिसी, परम्परागत नाचगान तथा आधुनिक विधा (ख्याल, नाटक, झ्याउरे) आदिको मूल्याङ्कन गर्ने भएको छ । मूल्याङ्कन गर्न भनपाको साउन १७ गते बसेको कार्यपालिकाको बैठकले गाईजात्रा व्यवस्थापन तथा मूल्याङ्कन समिति गठन गरेको छ ।
भनपाको स्रोतअनुसार गाईजात्रामा प्रस्तुत हुने विधालाई पुरस्कृत गरिने छ ।
गाईजात्रामा यहाँका नाचगानहरू देखाउनुपर्ने मान्यता छ । भनपाले पुरस्कारको व्यवस्था गरेपछि लोप हुने लागेका नाचगानहरू देखाउन थालेको छ । यसले परम्परागत नाचगानहरूको सङ्ख्या बढेको छ । यो सकारात्मक पक्ष हो । पुरस्कारको व्यवस्थाले परम्परागत नाचगानमा आवश्यक पोशाक, वाद्यवादन तथा अन्य सामग्रीहरूको व्यवस्थापन गर्न सहयोग पु¥याएको छ ।
गाईजात्रामा व्यङ्ग्यको नाममा प्रस्तुत हुने अश्लील दृश्य, अभिनय, कुराकानीलाई नियन्त्रण गर्न या अनुशासित बनाउन पनि भनपाले सो पुरस्कारको व्यवस्था गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *