बेलायतको मेसिनविरोधी ‘लुडाइट’ आन्दोलन
- बैशाख ९, २०८३
–सुरजसिंह
कोशी नदी नियन्त्रणका लागि बनाइने भनिएको २६९ मिटर अग्लो उच्च बाँधबारे छिट्टै निर्णय गर्न भारत सरकारले नेपाल सरकारमाथि दबाब बढाउँदै लगेको चर्चा जानकार वृत्तमा छ । नेपाललाई खासै फाइदा नहुने र पानी र बिजुली दुबै भारत लाने गरी भारतले तयार गरेको मस्यौदा योजनामै सम्झौता गर्न भारतीय पक्षले नेपाली पक्षलाई दबाब दिएको बताइन्छ । सन् २००४ देखि थालिएको उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदनको निर्माण अझै सार्वजनिक गरिएको छैन । भारतले उच्च बाँधबाट आफूलाई प्राप्त हुने लाभबारे सन् १९४० को दशकदेखि नै अध्ययन थालेको थियो । तर, नेपालमा कोशी नदीमा बराहक्षेत्रभन्दा एक किलोमिटर माथि २६९ मिटर अग्लो उच्च बाँध बनाउँदा त्यसबाट प्राप्त हुनसक्ने लाभ वा हानिबारे बृहत् अध्ययन नै भएको छैन ।
बहुचर्चित सप्तकोशी उच्च बाँधअन्तर्गत सिँचाइका लागि प्रस्ताव गरिएका दुई ठूला नहर परियोजनाले नेपालको आवश्यकता सम्बोधन गर्न नसक्ने निष्कर्ष निकाल्दै त्यसलाई स्वीकार गर्न नसकिने नेपाली अधिकारीहरूले बताएका छन् । गत महिनामात्रै उक्त परियोजनाअन्तर्गत आफ्नो भूमिमा गरिने सिँचाइबारे विस्तृत अध्ययनले नेपाललाई फाइदा नपु¥याउने भन्दै त्यसलाई पुनर्विचार गर्न लिखितरूपमा सुझाव दिएको थियो । भारतको अध्ययनले उच्च बाँधसँगै चतराबाट पूर्वतर्फ मेचीसम्म १०३ किलोमिटर लामो र पश्चिममा बागमतीतर्फ १५४ किलोमिटर लामो दुई प्रमुख नहर प्रस्ताव गरेको छ । पूर्वी नहरबाट नेपालतर्फ दुई लाख १७ हजार हेक्टर र भारततर्फ दुई लाख ३० हजार हेक्टर भूमि सिँचाइ गर्न सकिने उक्त प्रतिवेदनमा उल्लेख छ । तर, बाँध निर्माण गर्दा नेपाली बस्ती जोखिममा पर्ने मूल्याङ्कन र त्यसको क्षतिपूर्ति, नेपाली भूमि प्रयोग गरी बन्ने नहरबापत नेपाललाई लाभ र उत्पादित बिजुलीको बाँडफाँटबारे भारतीय पक्ष विस्तृतमा छलफल नै गर्न नचाहेको र प्रतिवेदन अन्तिम गर्ने बेला तय गर्ने भन्दै पन्छाउँदै आएको बुझिन्छ । नेपालको अहितमा भारतको मात्र फाइदाको लागि सप्तकोशी उच्च बाँध नेपालमा निर्माण गर्न आवश्यक छैन । नेपाल सरकार पुनः यसमा पनि नचुकोस् र प्रधानमन्त्री ओली र मन्त्रीहरू ‘राष्ट्रघाती’ भनी इतिहासमै थप कलङ्कित नहोस् ।
Leave a Reply