“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
काठमाडौँ, २६ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले संसदमा प्रस्तुत विभिन्न विधेयकबारे आइतबार विचार गरियोस् भनी प्रस्ताव पेश गर्नुभयो ।
बिरुवा संरक्षण विधेयक, २०७५ माथि विचार राख्दै सांसद सुवालले भन्नुभयो, “सरकारले फूल, फलफूल र अन्य बिरुवा ७५३ वटा स्थानीय तहको वडा र टोलसम्मका किसानको हातमा पुग्ने गरी वितरण गर्नुपर्छ ।”
सार्वजनिक जग्गा, पर्ती र पोखरीमा उपयुक्त बिरुवा रोपेर संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राजमार्गको दायाँ–बायाँ फूल र फलफूलको बिरुवा लगाइए वातावरण स्वच्छ बनाउन मद्दत पुग्ने विचार राख्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “विकासको लागि बनाइका द्रुतमार्ग र सडकको कारण धेरै जातिको बिरुवा विनाश भयो । द्रुतमार्गको लागत सुरुमा रू. ५६ अर्ब थियो, पछि ११२ अर्बको चर्चा चल्यो । अहिले १७५ अर्ब हुँदै २५० अर्ब पु¥याइयो । द्रुतमार्ग निर्माणमा ललितपुरको खोना र बोङ्गाका नेपाली जनताबीच मतभेदसमेत देखियो । मुआब्जाबिना डीपीआरको द्रुतमार्ग निर्माण अघि बढाउनु उचित होइन । द्रुतमार्गको सट्टा रोपवे परिचालन उपयुक्त हुनेछ ।”
बीउ बिजन संरक्षण विधेयक, २०७५ माथि विचार राख्दै सांसद सुवालले भन्नुभयो, “२०७० सालमा आयातित म्याद नाघेको धानको बीउले काठमाडौँ उपत्यकालगायत बाहिरका जिल्लाका किसानहरुको धान उत्पादन भएन । सम्बन्धित बिक्रेताबाट किसानलाई क्षतिपूर्ति भराउने काम सरकारबाट भएन, त्यो हुनु आवश्यक छ ।”
मकैको घोगा नलागेका बीउको कारण तराईका किसानकोे मकै उत्पादन भएन, तर पीडित किसानले क्षतिपूर्ति पाएनन्, उहाँले उल्लेख गर्नुभयो । सांसद सुवालले नेपालमा पाइने २२ थरी सुन्तला विश्वका उत्कृष्ट सुन्तलामध्येमा पर्छ भन्नुभयो ।
काठमाडौँ उपत्यका धुलो, हिलो र धुवाँबाट प्रदूषित छ । यसकारण बीउ राम्रो भए पनि उत्पादन घट्दो छ । कृषि उत्पादन बढाउन देशको सन्तुलित विकास आवश्यक छ । एउटा बस्ती र त्यसलाई पुग्ने गरी वरिपरि उत्पादन हुने जग्गा सुरक्षित हुनु आवश्यक छ । काठमाडौँ उपत्यकावासीलाई आवश्यक खाद्यान्न, तरकारी र फलफूल भारतलगायत विदेशमा भरपर्नुुपर्ने उपयुक्त होइन । यसले काठमाडौँवासी कुनै पनि बेला भोकै हुने सम्भावना छ, सांसद सुवालले भन्नुभयो ।
“गोरखा, दैलेख, भक्तपुरको नगरकोटमा समेत सुन्तला खेती हुन्छ । तर नगरकोट सडक हिउँदमा धुलो र वर्षामा हिलो हुँदा सुन्तला खेती सप्रिएन र यस क्षेत्रका जनता प्रदूषणबाट पीडित छन् । नगरको सडक विकासका ठेकेदार शैलुङ कन्स्ट्रक्सनका शारदाप्रसाद अधिकारी हुन् । अधिकारी सत्तापक्षका पार्टीका एक अध्यक्ष पुष्पकमल दाहालको घरभेटी पनि हुन् । यो विषय गत वर्षको संसद्मा पनि उठेको हो । त्यसबेला गृहमन्त्रीले कुनै नेताको घरभेटी ठेकेदारलाई पनि नछोड्ने बताएका थिए । दुई वर्षमा सकिनुपर्ने नगरकोट सडक विस्तार ६ वर्षमा पनि पूरा भएको छैन । यसबारे संसद्ले छानबिन गर्नु आवश्यक छ ।” सांसद सुवालले भन्नुभयो ।
उहाँले जोड दिनुभयो, धनकुटा जिल्लामा ५–६ सय रोपनी सार्वजनिक जग्गा व्यक्तिले निजीमा दर्ता गरी हाल दुई सय रोपनी जग्गा बेचबिखन गरिसकेको छ । सार्वजनिक जग्गा संरक्षण गरी बिरुवा संरक्षण गर्नु आवश्यक छ । यसतर्फ सरकारको ध्यान जानु आवश्यक छ ।”
त्यस्तै नेपाल प्रहरी प्रदेश प्रहरीमा समायोजन विधेयक, २०७६ मा आफ्नो धारणा राख्दै सांसद सुवालले प्रदेश प्रहरीमा समायोजन हुने नेपाल प्रहरीलाई निजामती कर्मचारीलाई जस्तै एक तह बढुवा गर्नु न्यायोचित हुने चर्चा गर्दै गृहमन्त्रालयले यसलाई सम्बोधन गर्नु आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य नबाझिने गरी गर्नु आवश्यक छ । सशस्त्र प्रहरीलाई सीमा सुरक्षा र विपद् व्यवस्थापनको जिम्मेवारी दिनु उपयुक्त हुनेछ । औद्योगिक क्षेत्रको सुरक्षा नजिकको प्रदेश प्रहरीलाई जिम्मा दिनु उचित हुनेछ ।”
आइतबार सो विधेयक पारित गरी राष्ट्रियसभामा छलफलको लागि पठाइएको छ ।
Leave a Reply