अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
सिओल, १२ अगस्ट । दक्षिण कोरियाले सोमबार आफ्नो विश्वस्त निर्याता साझेदारको नामावलीबाट जापानको नाम निकाल्ने तयारी थालेको छ । अघिल्लो महिना जापानले पनि दक्षिण कोरियालाई यस्तै नामावलीबाट निकालेको थियो ।
दक्षिण कोरियाका व्यापार, उद्योग र उर्जा मन्त्री सुङ युन मोले सोमबार आयोजित पत्रकार भेटघाटमा अन्तर्राष्ट्रिय निर्यात नियन्त्रण प्रणालीको मूलभूत सिद्धान्तअनुसार नै दक्षिण कोरियाले रणनीतिक सामग्रीको निर्यातमा नियन्त्रण गर्ने बताउनुभएको छ ।
सुङले अन्तर्राष्ट्रिय निर्यात नियन्त्रण प्रणालीको सिद्धान्त उल्लङ्घन गर्ने वा सो प्रणालीलाई सही तरिकाले सञ्चालन गर्ने देशसँग निकट सहकार्य गर्न गा¥हो हुने बताउनुभयो ।
जापानले अघिल्लो महिना रणनीतिक सामग्री आयात निर्यातसम्बन्धी कानुन संशोधन गरे दक्षिण कोरियालाई आफ्नो विश्वस्त निर्यात साझेदारको नामावलीबाट निकालेको थियो । विश्वस्त निर्यात साझेदारको नामावलीमा समावेश देशलाई रणनीतिक महत्वका बस्तुको निर्यात गर्ने व्यवस्था हुन्छ ।
गएको महिनादेखि जापानले मेमोरी चिप्स र डिस्प्ले प्यानल उत्पादनको लागि अत्यन्त महत्वपूर्ण तीन थरी बस्तु दक्षिण कोरियामा निर्यात गर्न कडाई गरेको थियो । कोरियाली उद्योगमन्त्रीले सो निर्णय गर्नु अघि झन्डै बीस दिन जनताको मत र व्यवस्थापिकाको राय बुझ्ने पनि जानकारी दिनुभयो ।
त्यो अवधिमा जापानले संवादको कुनै वातावरण बनाएको अवस्थामा सिओल सरकार तयार रहेको पनि उहाँले बताउनुभयो ।
Leave a Reply