भर्खरै :

हङकङको विषय संरा अमेरिकी सांसदहरूको चासोको विषय होइन

पेइचिङ, १४ अगस्ट । चीनले संरा अमेरिकाका केही नेताहरूले हङकङमा चालु अस्थिरताको विषयमा दिएको अभिव्यक्तिप्रति विरोध जनाएको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता ह्वा चुनयिनले बुधबार आयोजित पत्रकार भेटघाटमा बोल्दै उनीहरूका त्यस्ता अभिव्यक्तिले सत्यलाई बङ्ग्याएको विचार राख्नुभयो ।
संरा अमेरिकी संसदका सभामुख पेलोसी, सिनेटर मेककोनेल, सिनेटर रुबियो र काङ्ग्रेस सदस्य योहोले हङकङका प्रहरीले प्रदर्शनकारीमाथि हिंसात्मक दमन गरेको र चीनको केन्द्रीय सरकारले हङकङमा प्रजातन्त्र र स्वतन्त्रतामाथि क्षति पु¥याएको आशयका ट्वीट सोमबार गर्नुभएको थियो ।
प्रवक्ता ह्वाले अमेरिकी नेताहरूका यस्ता अभिव्यक्ति हङकङमा प्रदर्शनकारीबाट भइरहेको हिंसात्मक अपराधलाई मानवअधिकार र स्वतन्त्रताको उल्लङ्घनको रूपमा पाप पखाल्न लागेको धारणा राख्नुभयो । उहाँले हङकङ प्रहरकिो कामलाई हिंसात्मक दमन भनेर सिधासाधा झुठ बोलेको भन्दै हङकङमा प्रहरी नै कानुनको रक्षा गर्ने, अपराधविरुद्ध लड्ने र सामाजिक व्यवस्था कायम राख्ने शक्ति भएको बताउनुभयो ।
उनीहरूका अभिव्यक्तिले हङकङ विशेष सरकार र चीनको केन्द्रीय सरकारबीचको द्वन्द्व गराउन खोजेकोसमेत प्रवक्ताले बताउनुभयो । “उनीहरू संसार विध्वंसमा फसेको हेर्न आतुर देखिएका छन्”, उहाँले भन्नुभयो ।
संरा अमेरिकाले हङकङको हिंसामा आफ्नो संलग्नता नभएको पटक–पटक दाबी गरे पनि त्यहाँका नेताहरूका यस्ता अभिव्यक्तिले घटनामा संरा अमेरिकी संलग्नतालाई अझ पुष्टि गरेको छ ।
“संरा अमेरिकामा काङ्ग्रेसका सदस्य कानुन निर्माता पनि हुन् । म सम्बन्धित अमेरिकी सिनेटर र प्रतिनिधि सभा सदस्यलाई सोध्न चाहन्छु–तपार्इं कानुनको रक्षक हो वा भक्षक ?” प्रवक्ताले भन्नुभयो ।
उहाँले हङकङको मामिला विशुद्ध चीनको मामिला भएको भन्दै संरा अमेरिकी नेताहरूलाई त्यसबारे टिप्पणी गर्ने कुनै अधिकार नभएको बताउनुभयो ।
“तपाईं आफ्नो कामबारे मात्र चासो राख्नुहोस् । हङकङको विषय तपाईंको चासोको विषय होइन”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *