अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
जोहान्सवर्ग, १४ अगस्ट । क्युवा, इरान, प्यालेस्टाइन र भेनेजुयलाका प्रतिनिधिहरूले संरा अमेरिकाले अन्तर्राष्ट्रिय व्यापारमा असर पार्ने र विश्व शान्तिलाई प्रभावित बनाउने गरी भइरहेका हमला, धम्कीपूर्ण व्यवहार, आर्थिक नाकाबन्दीको विरोध गरेका छन् ।
दक्षिण अफ्रिकाको राजधानी जोहान्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय ऐक्यबद्धता गोष्ठीमा उनीहरूले यस्तो प्रस्ताव पारित गरेका हुन् ।
दक्षिण अफ्रिकाका लागि क्युवाली राजदूत रोडोल्फो बेनिटेज भेर्सनले संरा अमेरिकी नाकाबन्दी सामना गरिरहेका देशहरू सब एकजुट हुनुपर्ने बताउनुभयो । उहाँ संरा अमेरिकी नाकाबन्दीको सामना गर्दै आफ्नो देशले प्रगति गरिरहेको बताउनुभयो ।
इरानका राजदूत मोहसेन मोभाहेदी घोमीले वाशिङ्टनलाई एकपक्षीय आर्थिक नाकाबन्दीको मात लागेको बताउनुभयो ।
उहाँले संरा अमेरिकी हमलासामू संसार झुक्न नहुने धारणा राख्दै विश्वव्यापी द्वन्द्वको समाधान भनेको बहुपक्षवाद भएको धारणा राख्नुभयो ।
दक्षिण अफ्रिकाका परराष्ट्र सम्बन्ध तथा समन्वय सहायक मन्त्री एल्भिन बोट्सले संरा अमेरिकाले संयुक्त राष्ट्र सङ्घ र त्यसका निर्णयहरूको पालना गर्नुपर्ने विचार राख्नुभयो ।
“संरा सङ्घका कोही पनि सदस्यले त्यो संस्थाको सम्मान गर्नुपर्छ”, उहाँले भन्नुभयो,“एकपक्षवादले भौगोलिक स्वाधीनता र प्रजातान्त्रिक नतिजालाई उपेक्षा गर्दछ ।”
गोष्ठीमा दक्षिण अफ्रिकी युवा कम्युनिष्ट लिग, मजदुर काङ्ग्रेस, दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीलगायतका संगठनका प्रतिनिधिले संरा अमेरिकी नाकाबन्दीविरुद्ध ऐक्यबद्धता व्यक्त गर्नुभएको थियो ।
Leave a Reply