भर्खरै :

विद्यालयमा स्यानेटरी प्याड बनाउने तालिम

भक्तपुर, २९ साउन । भक्तपुर जेसीस र भीएसओ नेपालकको संयुक्त आयोजनामा र कन्सेप्ट स्टुडियोको प्राविधिक सहयोगमा श्री सिद्धि शारदा आधारभूत विद्यालय ब्रह्मायणी पीठ, भक्तपुरमा ‘एकदिने महिनावारी सरसफाइ तथा स्यानेटरी प्याड बनाउने तालिम सम्पन्न भयो ।
सिद्धिशारदा आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरूमध्ये महिनावारी प्रक्रिया सुरु भइसकेका र छात्रछात्राका आमाहरूलाई लक्षित गरी सो तालिम सञ्चालन गरिएको प्रधानाध्यापक धनेशराज राजोपाध्यायले बताउनुभयो । कन्सेप्ट स्टुडियोकी निर्देशक रुपा जोशीले सहजीकरण गर्नुभएको सो तालिममा भक्तपुर जेसीसका महासचिव शुभराम मुनंकर्मी र कोषाध्यक्ष विवेश डण्डेख्या र भीसएओ नेपालका जोन्सन थापा र दयालक्ष्मी दुवालले आफ्नो संस्थाका बारेका प्रकाश पार्नुभयो ।
यो तालिम भक्तपुर जेसीसले सनराइज बैङ्कको आर्थिक प्रायोजनमा विद्यालय – विद्यालयमा विगत एक महिनादेखि सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *