भर्खरै :

मस्कोको चिठी

रवीन्द्रनाथ टौगोर
बर्लिन २ अक्टोबर १९३०
आवाजविहीनहरूले आवाज पाए । अनभिज्ञहरूले आफ्नो अज्ञानता हटाए । बेसहारहरूले आफ्नो शक्तिका बारेमा जागरुक भए । जो दबिएर कालकोठरीमा थुनिएका थिए ती सबैजना समानताको दाबी गर्दैै समाज बाहिर निस्के । रुसले आठ वर्षभन्दा कम समयमा गरेको उपलब्धि यही हो ।
उनीहरू तीनवटा विषयमा व्यस्त छन् ः शिक्षा, कृषि र यान्त्रीकरण । यी तीनवटा बाटाहरूमा रुसले पूरै तन, मन र सिर्जनशीलता खर्चेको छ । हामीजस्तै रुसीहरू पनि कृषिकै भरमा बाँचेका छन् । तर, हाम्रो कृषि एकातिर अनभिज्ञ छ भने अर्कोतिर बेसहारा छ । हाम्रो कृषि शिक्षा र शक्ति दुवैबाट वञ्चित छ । यसलाई मात्र परम्पराको कमजोर भर छ । यो हजुरबुबाको पालाको नोकरजस्तो जो आफूले सक्नेभन्दा कम काम गर्दछ । यदि उसले भनेको मान्ने हो भने घर व्यवहार अलिकति पनि अगाडि बढ्दैन । त्यसैले कृषि सयौँ वर्षदेखि घिस्रिंदै छ ।
कुनै समयमा भगवान कृष्ण गोवर्धन पहाडका रक्षक र कृषि देवता थिए । उनी गाई गोठालाको रूपमा समय व्यतित गर्थे । उनका दाजु बलरामलाई हलधर भनिन्थ्यो । हलो एउटा हतियार र यान्त्रिक शक्तिको प्रतीक हो । यन्त्रले हामीलाई शक्ति प्रदान गरेको छ । तर, यस्ता बलराम हाम्रा कृषि भूमिमा कहीं पनि देखिंदैनन् अचेल । उनी लज्जित भएर समुन्द्रपार गएका छन्, जहाँ प्रविधिका नायक हालसम्म पनि चम्किंदै छन् । अचेल यस्ता प्रविधिका बलरामलाई रुसी कृषकहरूले आमन्त्रण गरेका छन् । बलरामको स्पर्श पाएका नयाँ हलो त्यहाँ फेरि जीवन्त भएका छन् । १९१७ को समाजवादी क्रान्तिभन्दा पहिले ९० प्रतिशत रुसी किसानहरूले यान्त्रिक हलो देखेका थिएनन् । हाम्रा भारतीय किसानहरूजस्तै यहाँका पनि वास्तवमै अत्यन्तै भोका, कमजोर र आवाजविहीन थिए । तर, आज बलरामका सच्चा भक्त भएका छन् ।
प्रविधि मानव कल्याणका लागि हुनुपर्छ । अन्यथा यो अर्थहीन हुन्छ । रुसमा जमिन जस्तै मानव मस्तिष्क पनि उर्वर भएको छ । यहाँ शिक्षा जीवन्त वा व्यावहारिक छ । मेरो पनि शिक्षालाई श्रमसँग जोड्नुपर्छ भन्ने निरन्तर दाबी छ । यिनलाई अलग गर्दा अन्न भण्डार त होला तर त्यो सुवाच्य नहोला ।
मैले त्यहाँ शिक्षालाई अनिवार्य गरेको पाएँ किनभने त्यहाँका शिक्षकहरू विद्यार्थीलाई परीक्षाका लागि मात्र तयार पार्दैनन् । विद्वानमात्र पनि बनाउँदैनन् बरु सम्पूर्ण मानव बनाउँछन् । भारतमा शिक्षा श्रमसँग नजोडिंदा छापाका शब्दहरूमा गहनता भए तापनि त्यसमा जीवन्तता भएन । हाम्रा युवाहरूलाई धेरैपटक छलफलका लागि प्रयास गर्दा पनि उनीहरूमा खासै रुचि देखिएन । जबकि रुसी युवाहरूमा जान्ने इच्छा र ज्ञानको तालमेल पाइयो ।
भारतीय युवाहरूले कहिल्यै जिज्ञासु हुन सिकेनन् । उनीहरू साधारण जानकारीका आधारमा सुगारटाइ परीक्षाका लागि केही अङ्क प्राप्त गर्नमात्र तयार हुन्छन् । मलाई सम्झना छ जब महात्मा गान्धी केही युवासँग दक्षिण अफ्रिकाबाट फर्की शान्ति निकेतन आउनुभयो ती युवाहरूमध्ये एक जनालाई परुल जङ्गल जानुहुन्छ कि भनी सोध्दा थाहा छैन’ भन्ने जवाफ दिएका थिए । ती युवा आफ्नो पार्टीका नेतासित सोध्न चाहन्थे । मैले उनलाई सोध्ने काम पछि गरौँ, अहिले जाने वा नजाने मात्र जवाफ दिन आग्रह गर्दा उनले ‘म भन्न सक्दिनँ’ भन्ने जवाफ दिए । यसबाट के प्रस्टियो भने ती युवा आफ्नो दिमागको अभ्यास स्वतन्त्ररूपमा आफै गर्न चाहँदा रहेनछन्, जहिले पनि अरुको नेतृत्वको अपेक्षा गर्दा रहेछन् । उनमा आफ्नो भनाइ र सोचाइ केही रहेछन् ।
यति सानो निर्णय गर्न पनि हाम्रो युवा सक्षम छैनन् भने कठिन निर्णय वा प्रश्नमा त झन् बिलकुलै तयार हुन्नन् । उनीहरूमाथिको आदेशमात्र पर्खेर बस्छन् । यस्तो सोचाइ भन्दा कमजोर संसारमा केही हुन्न ।
रुसमा सिकाइका सबै शैली र व्यवहारलाई परीक्षणको रूपमा अगाडि बढाइएको छ । म पछि यसको पूर्ण व्यवस्था पठाउने कोशिश गर्दछु । शिक्षा प्रणालीको रिपोर्ट र पुस्तक अध्ययन गरेर यसको स्तर नाप्न सकिन्छ । तर, मानिसमा प्रत्यक्षरूपमा देखिने शिक्षाको स्वरूप सबभन्दा व्यावहारिक र उपयोगी हुन्छ । यो कुरा रुसका शिक्षा केन्द्रहरूमा पाएँ । त्यसको नाम ‘द पायोनियर्स कम्युन’ राखिएको छ । त्यसका अग्रणी शान्ति निकेतनका ब्रतिबालक र ब्रतिबालिकाजस्ता थिए ।
भवनमा पस्दा मैले युवा युवतीको पङ्क्ति भ¥याङको एक छेउमा मलाई स्वागत गर्न उभिरहेको पाएँ । म कोठामा पस्ने बित्तिकै उनीहरूले मलाई श्री पेच लगाइदिए । लाग्छ, म उनीहरूकै एउटा साथी हुँ । स्मरणीय कुरा के हो भने उनीहरू सबै अनाथ हुन् । यद्यपि उनीहरूमा आफूहरू दुःखी अपहेलित र परित्याग गरिएका भन्ने भाव कतै पाइएन । उनीहरूको मुहारमा अपमान र अपहेलनाको कुनै सङ्केत देखिएन । आत्मविश्वासको कमी र सङ्कोच रतिभर थिएन । बरु उनीहरूमा समाधान, सदा तयार र केही नगुमाएको प्रतीत हुन्थ्यो ।
यस सम्बन्धमा एक युवाले मलाई जवाफ दिए, Fबुर्जुवाहरू व्यक्तिगत खुसीको खोजी गर्छन् । हामी देशको सम्पत्ति चाहन्छौँ । त्यो सम्पत्तिमा सबैको बराबरी हक हुन्छ । हाम्रो संस्थामा हामी यही सिद्धान्तअनुसार काम गर्छौँ ।”
अर्को एक युवतीको जवाफ थियो, Fहामी आफ्नो ख्याल आफै राख्छौँ । हामी एक अर्कासँग सल्लाह र सहमति गरेर सबैका लागि उत्तम हुने काम गर्छौं ।”
फेरि अर्कोले भने, हामी गलत पनि हुनसक्छौँ । त्यसैले आवश्यक पर्दा हाम्रा दाजुदिदीहरूको सल्लाह पनि लिन्छौँ । त्यहाँबाट पनि समाधान नभएमा मात्र हामी शिक्षकसम्म पुग्छौँ । हाम्रो सिद्धान्त यही हो र हामी यही अभ्यास गर्छौँ ।”
यसबाट बुझ्न सकिन्छ कि उनीहरूको शिक्षा किताबी ज्ञानमा मात्र सीमित छैन । यही तरिकाले उनीहरू आफ्नो चरित्र निर्माण व्यापकरूपमा गर्दै छन् । उनीहरू आफैं प्रतिज्ञा गर्दछन् र परिपूर्तिमा गौरव गर्छन् ।
मैले पनि मेरा युवा–युवती र शिक्षकहरूलाई शान्त निकेतनमा रहेको सानो परिधिभित्र आफै सानो सरकार बनाएर मानव कल्याणमा अग्रसर भई पूरा देशमा फैलाउन भनेको थिएँ । यहाँ व्यवस्थापन शिक्षक र विद्यार्थीको रूपमा हुनुपर्छ । यस्तो क्रियाकलाप जब हाम्रो सङ्गठनमा समुन्नत बन्छ, त्यसपछि यही तरिकाले पूरा देशको समस्यालाई सम्बोधन गर्नुपर्छ । व्यक्तिबाट सार्वजनिक काम गर्न राजनीतिक प्लेटफर्मबाट कहिल्यै सिकिन्न । त्यसको लागि हामीले आधार तयार गर्नुपर्छ । त्यो आधार भनेको हाम्रो संस्था हो ।
एउटा सानो उदाहरण दिन्छु । स्वाद र खानेकुराको सवालमा बङ्गालमा जस्तो खराब अभ्यास कहीं छैन होला । हामी अनावश्यकरूपले भान्सा र पाचन अङ्गलाई बोझ दिन्छौँ । सुधार गर्न गा¥हो छ । देशको स्थायी भलाइका लागि हाम्रा युवा र शिक्षकहरूले आफ्नो खवाइलाई व्यवस्थित गरेका भए म शिक्षा सफल भएको अनुभव गथेँ होला । हाम्रो शिक्षामा खानेकुराको बारेमा कुनै पाठ छैन । तर, यो अत्यन्त महत्वपूर्ण छ । हाम्रो शिक्षामा उत्तीर्णाङ्कको लागि मात्र शिक्षा हासिल गर्नुभन्दा दैनिक खानाको बारेमा जान्नु धेरै गुणा उपयोगी छ । मैले उनीहरूलाई प्रश्न गरेँ, Fकसैले गल्ती गरे के गर्नुहुन्छ ?”
एक ठिटीले उत्तर दिइन्, Fकुनै सजाय छैन किनभने हामी आफूलाई आफै सजाय दिन्छौँ ।”
मैले भनेँ, Fअलि बिस्तारमा भन्नुहोसन् । मानौँ कसैले गल्ती ग¥यो । विशेष बैठक नै डाक्नुहुन्छ कि त्यसलाई सजाय दिनका लागि ? के तपाईँहरूमध्ये न्यायाधीशको रूपमा नियुक्त गर्नुहुन्छ ? सजायको प्रक्रिया के हुन्छ ?”
अर्को केटीले जवाफ दिइन्, Fयो कुनै न्याय परिषदको जस्तो हुन्न । हामी यसको बारेमा छलफल गर्छौँ । हामी दोषीलाई अभियोग लगाउँछौँ । यसको सजाय सस्तै हुन्छ । यो भन्दा ठूलो हुँदैन ।”
अर्का युवाले थपे, ऊ दुःखी हुन्छ । हामी पनि दुःखी हुन्छौँ । कुरा यही सकिन्छ ।”
फेरि मैले सोधे, मानौ उसलाई गलत आरोप लगाइएको छ । के तपाईँहरूभन्दा माथि कोही छ, जसलाई सुनुवाइको अनुरोध गर्ने ?”
अघि कै युवाले भने, Fयस्तो अवस्थामा हामी चुनाव गर्छौं । यदि बहुमतले उसलाई दोषी ठह¥यायो भने केही भन्न सकिन्न ।”
Fतर, आरोपित व्यक्तिले ‘मैले गल्ती गरेकै छैन’ भन्यो भने त्यसको उपचार के छ ?” मैले सोधेँ ।
जवाफमा एउटी केटीले भनिन्, Fत्यस्तो अवस्थामा हामी हाम्रो शिक्षकको सहयोग लिन्छौँ । तर, त्यस्तो स्थिति अहिलेसम्म आएको छैन ।”
उनीहरूको उत्तर सुनिसकेपछि अन्तमा मैले भनँे, Fजुन अभ्यास तपाईँहरूले गर्नुभएको छ । यसले तपाईँहरूलाई गल्ती हुनबाट बचाउँछ ।”
जब मैले उनीहरूको कर्तव्यको बारेमा सोधेँ तब उनीहरूको जवाफ थियो, Fअरु देशमा मानिसहरू पैसा र सम्मान चाहन्छन् । हामी त्यस्तो कुनै कुराको अपेक्षा गर्दैनौँ । हामी जनताको भलाइ चाहन्छौँ । हामी गाउँलेहरू कहाँ जान्छौँ र कसरी सफा र विवेकशील रहने भनी व्याख्या गर्दछौँ । प्रायः हामी उनीहरूसँगै बस्छौँ । हामी नाटकको माध्यमबाट देशको अवस्था बताउँछौँ ।”
अनि उनीहरूले मलाई जीवन्त खबर पत्रिका भनेको के हो भनी देखाए । एउटी युवतीले भनिन्, Fहामीले देशको बारेमा धेरै जानकारी राख्नुपर्छ र हाम्रो कर्तव्य भनेको हामीले जानेको कुरा अरुलाई भन्ने हो किनभने हामी काममा इमानदार हुन्छौँ जब हामीलाई वास्तविकताको ज्ञान हुन्छ ।”
अर्का युवाले थप्लै भने, Fपहिले पुस्तकबाट सिक्छौँ अनि शिक्षकबाट । अनि सिकेको कुरा आफै छलफल गर्छौँ र अन्तमा जनतालाई जानकारी दिन्छौँ ।”
उनीहरूले जीवन्त खबर पत्रिकाबारेमा गरेरै देखाए । जीवन्त खबर पत्रिका भनेको त पञ्चवर्षीय योजना पो रहेछ । पूरै देश यान्त्रिक प्रयोगले कुशल बनाउने कठोर प्रतिज्ञा उनीहरूले गरेका छन् । पूरै देश एक छेउदेखि अर्को छेउसम्म विद्युतीय र वाष्प शक्ति प्रयोग गर्ने उनीहरूको सङ्कल्प छ । उनीहरूको देश युरोपेली रुसमात्र नभई एसियामा पनि धेरै फैलिएको छ । उनीहरूको उद्देश्य देश धनी बनाउनुभन्दा सामुदायिकरूपमा शक्तिशाली बनाउनु हो । समुदायमा मध्य एसियाका काला मानिसहरू पनि छन् तर कुनै डर र चिन्ता उनीहरूलाई छैन बरु एउटै उद्देश्य छ– सक्षम बन्ने ।
यस ध्येयका लागि ठूलो धनराशीको आवश्यकता छ । उनीहरूको रुबल (पैसा) युरोपेली बजारमा चल्दैन । उनीहरूसँग कुनै विकल्प छैन । नगदमा खरिद गर्नुपर्छ । त्यसैले उनीहरू दैनिक खानाका लागि खर्च गर्नुपर्ने हुन्छ । अन्न, अण्डा, घिउ सबै विदेश पठाउँदै छ । पूरै जनसङ्ख्या भोकमरीको चपेटामा छ । एक वर्ष र आधा अझै चल्नुपर्छ । अरु देशका पुँजीवादीहरू खुसी छैनन् । विदेशी इन्जिनियरले उनीहरूका यन्त्रहरू बिगारिदिएका छन् । यो ठूलो र गा¥हो कुरा हो । समय छोटो छ । समय बढाउन सक्ने क्षमता उनीहरूसँग छैन । उनीहरूले जति सक्दो छिटो आफै सम्पत्ति आर्जत गर्नु छ । कठिन तीन वर्ष बितेको छ र अझै २ वर्ष बाँकी छ ।
जीवन्त खबर पत्रिका नाटक जस्तो छ । नाच्दै, गाउँदै र झन्डा फहराउँदै उनीहरू आर्थिक सङ्गठनको यान्त्रीकरण हासिल गर्न कति सफल भनी घोषणा गर्न चाहन्छन् । मानिसहरूले जान्नैपर्छ, लामो समयसम्म हरेक विषयमा वञ्चित भएर बाँचेकाहरूले बुझ्नैपर्छ कि उनीहरूको दुःख अब अन्त हुन्छ । उनीहरूले उल्लास मनाउनुपर्छ कि उनीहरूको महान् सङ्घर्षको फल वा जीवनको प्रतिष्ठा हुन्छ ।
सन्तोषको विषय के हो भने पूरै देश एकै पटक व्यक्तिगत स्वार्थलाई अस्वीकार गर्ने नीति आफै लिएका छन् । एक ठाउँमा मात्र नभएर पूरै देशमा यो नीति लागुूभएको छ । जीवन्त खबर पत्रिकाले अरु देशको खबर यस्तै गरी प्रसार गर्दछ । यसले मलाई बङ्गलादेशमा देखेको पतिसारको स्मरण गरायो । यसले वनोविज्ञान र मोक्षको बारेमा व्याख्या गथ्र्यो । तरिका उही छ तर उद्देश्य फरक । म फर्केपछि शान्ति निकेतनमा जीवन्त खबर पत्रिका स्थापित गर्ने कुरा सोचिरहेको छु ।
उनीहरूको दैनिक समय तालिका यस्तो छ । बिहान सात बजे उठ्छन् । पन्ध्र मिनेटको शारीरिक व्यायाम हुन्छ । हातमुख धोएर बिहानको खाजा खान्छन् । आठ बजे कक्षा सुरू हुन्छ । एक बजे खानाको र आरामको लागि मध्यान्तर हुन्छ । कक्षा तीन बजे सम्म जारी रहन्छ । पाठ्यक्रममा इतिहास, भूगोल, गणित, रसायन शास्त्र, भौतिक शास्त्र, जीवनशास्त्र, मेकानिक्स, राजनीति, समाजशास्त्र, साहित्य, हस्तकला, काष्ठकला, आधुनिक यन्त्र चलाउने र जोत्ने विषयहरू समावेश छन् । आइतबार बिदा छैन । बिदा प्रत्येक पाँचौँ दिनमा हुन्छ । विशेष दिनको तालिमअनुसार जिज्ञासु युवालाई कारखाना, अस्पताल, गाउँ आदिको भ्रमणमा तीन बजेपछि लगिन्छ । गाउँ भ्रमणको व्यवस्था गरिन्छ । यस्तो मौकामा उनीहरू आफ्नै नाटक प्रस्तुत गर्छन् भने अरु बेला नाट्यशाला र सिनेमामा जान्छन् । बेलुका कथा पढ्ने, कथा भन्ने, वादविवादको छलफल गर्ने र साहित्य र वैज्ञानिक छलफल गर्दछन् । बिदाका दिन उनीहरू लुगा धुन्छन्, घर सफा गर्छन् । विद्यालय बाहिरका पुस्तक पढ्छन् र घुम्न जान्छन् ।
विद्यालयमा भर्ना गर्ने उमेर ७–८ वर्षको हो भने विद्यालय छोड्ने उमेर १६ वर्षको हो । अध्ययनको समय लामो बिदा गरेर हाम्रो देशमा जस्तो बाधा गर्दैनन् र त्यसैले उनीहरू छोटो समयमा धेरै काम गराउँछन् ।
यहाँका विद्यालयको विशेष विशेषता के छ भने उनीहरू जे पढ्छन् त्यसैको चिज बनाउँछन् । त्यसले उनीहरूको अध्ययनमा गहिरो छाप पार्दछ । चित्रकला परिष्कृत पनि हुन्छन् । उनीहरूको अध्ययनका विषयहरू सुन्दरताको सिर्जनासँग समाहित गरिएको हुन्छ । यस्तो लाग्थ्यो कि उनीहरूको उद्देश्य काममात्रै थियो र कलालाई पूरा घृणा हुन्थ्यो । ढिलो भएमा नाटक ओपेरा र नाट्यशालामा भर्ना हुँदैनथ्यो । यो जारको समयदेखिको चलन हो । थोरैमात्र त्यस्तो कला अब बाँकी छ । पहिले यस्तो कलाको मनोरञ्जन राजामहाराजाहरूले मात्र पाउँथे । अहिले नाट्यशाला भरिभराउ हुन्छन् । पहिले यहाँको जनताको खुट्टामा जुत्ता हुँदैनथ्यो । जनता च्यातिएको र फोहोर लुगा लगाउँथे, भोका हुन्थे । दिनरात त्रासमा बाँच्थे । मुक्तिका लागि पूजारीलाई घुस दिन्थे । उनीहरूमाथि अपमानको डङ्गुरै हुन्थ्यो । त्यसकारण उनीहरू नाट्यशालामा छिर्दैनथे ।
जुन दिन म नाटकघर गएको थिएँ, त्यो दिन तोलस्तोपको Fरिजेक्सन” (पुनर्उत्थान) नामक नाटक मञ्चन भइरहेको थियो । सर्वसाधारणहरू भरपुर आनन्द लिइरहेका थिए भन्न सकिँदैनथ्यो तापनि ध्यान दिएर सुनिरहेका थिए । बेलायतका एङ्ले स्याक्सन किसान र कामदारहरूले यो मनोरञ्जन पाउने कुरा कल्पना पनि गर्न सकिँदैनन् । हाम्रै जनताले पनि यो अवसर पाउँदैनन् ।
एउटा अर्को उदाहरण पनि दिऊँ । मस्कोमा मेरो चित्रकलाको प्रदर्शनी थियो । ती चित्रहरू अलि अस्वाभाविक थिए भन्ने कुरा तिमीलाई थाहै छ । ती विदेशीमात्र थिएनन् । कुनै एउटा देशसँग सम्बन्धित छैन तापनि सिक्ने चाहने भीडकोे कुनै कमी थिएन । केही दिनमै कम्तीमा पाँच हजार मानिसले हेरेका थिए । अरुले जे सुकै भनून् म उनीहरूको स्वादलाई प्रशंसा नगरिरहन सक्दिनँ ।
मानौँ, यो एउटा जिज्ञासा हो त्यति हुनु भनेको पनि एउटा सक्रिय दिमागको प्रतीक हो । मैले एक पटक अमेरिकाबाट पानी तान्ने पम्प (मेसिन) ल्याएको थिएँ । यसले गहिरो इनारबाट पानी तान्थ्यो । तर मलाई धिक्कार लाग्यो कि त्यसले हाम्रा युवाहरूमा कुनै उत्सुकता जागेन । हाम्रो पावर हाउस हेरौँ र कति केटाहरूले जिज्ञासा लिन्छन् र ? ती सबै परिवारबाट आएका छन् तापनि दिमाग लोसे छ र जिज्ञासा कमजोर छ ।
मैले केही सोभियत रुसका विद्यालयका युवाले बनाएका चित्रहरू पाएको छु । ती आश्चर्यचकित पार्ने खालका छन् । तिनीहरू वास्तविक चित्र हुन् । कुनै नक्कल गरिएका होइनन् । म आश्वस्त भएँ कि उनीहरूका आँखा निर्माण र सिर्जना पूर्वतर्फ छन् । म रुसमा आएदेखि हाम्रो राष्ट्रिय शिक्षाको बारेमा सोच्न धेरै बाध्य भएको छु ।
रुसमा आएपछि मेरो भद्र र एकान्त सोचले केही अनुभव बटुलेको छु । जुन म अभ्यासमा ल्याउनेछु । तर, समय कहाँ छ र ? मेरो पञ्चवर्षीय योजना पनि पुरान नहुन सक्छ । झन्डै ९० वर्षसम्म मैले विपरीत धारमा डुङ्गा चलाएँ । मैले अझै केही वर्ष कोशिश गर्नु छ । तर, मलाई राम्रो थाहा छ, म धेरै अघि बढ्न सक्दिनँ । तैपनि मेरो केही गुनासो छैन । आज धेरै समय छैन । आज बेलुकाको रेलबाट म डुङ्गा चढ्न पुग्छु र भोलिदेखि समुन्द्र पार गर्न सुरु गर्छु ।
अनुवाद ः भानु हुमागाइँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *