आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
तेहरान, १८ अगस्ट । इरानका राष्ट्रपति हसन रोहानीले कुनै पनि क्षेत्रमा विदेशी शक्तिको उपस्थिति नै समग्र क्षेत्रमा थप समस्याको मूल कारण भएको बताउनुभएको छ ।
“कुनै पनि क्षेत्रमा विदेशी शक्तिको उपस्थितिले समस्या निम्त्याउन मात्र टेवा पु¥याउने गर्छ”, तेहरानमा नवनियुक्त अफगानी राजदूतसँगको कुराकानीको क्रममा इरानी नेताले यस्तो भन्नुभएको हो ।
“अफगानिस्तानमा संरा अमेरिकी सेनाको उपस्थितिले अफगानिस्तान र अफगान जनताको सुरक्षामा कुनै फाइदा गरेको छैन र गर्दैन भन्ने हाम्रो पूर्ण विश्वास छ”, इरानी नेता रोहानीले भन्नुभयो, “संरा अमेरिका सधैँ असुरक्षा फैलाएर आफ्नो स्वार्थ पूरा गर्ने गर्दछ ।”
रोहानीले इरानले अफगानिस्तानको सार्वभौमिकता, एकता र अखण्डताको पक्षमा रहेको र अफगानिस्तानमा स्थायित्वको पक्षमा रहेको बताउनुभयो ।
संरा अमेरिका र उसका सहयोगी देशहरूले हिजो तालिबान लडाकूलाई सिध्याउने बहानामा अफगानिस्तानमा युद्ध थोपरेको थियो । आज तिनै तालिबानहरूसँग संरा अमेरिकाले वार्ता गरिरहेको छ । बितेका १८ वर्षमा विशेषत तालिबान र संरा अमेरिकी हमलाका कारण अफगानिस्तानको अवस्था निकै थिलथिलो बन्यो ।
आतङ्कवादविरुद्ध लड्न भन्दै आज पनि अफगानिस्तानमा संरा अमेरिकी सेना बसेका छन् । तालिबान र संरा अमेरिकाबीच चालु वार्ताबारे टिप्पणी गर्दै इरानी नेता रोहानीले अफगानिस्तान र अफगानी जनतालाई केन्द्रमा नराखी गरिने कुनै पनि वार्ताको कुनै तुक नभएको बताउनुभयो । त्यस्तो वार्ता दिगो पनि नहुने उहाँको भनाइ थियो ।
अफगानिस्तानको झण्डै आधा भूभाग आज तालिबानको नियन्त्रणमा छ । तालिबान शक्तिले सन् २०१८ अक्टोबरदेखि संरा अमेरिकासँग चरणबद्ध वार्ता गर्दै आएको छ । तालिबानले काबुल सरकारलाई मान्यता दिएको छैन ।
Leave a Reply